Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

नेप्लिज डायस्पोरा

२३, माघ २०७९
images
टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

टर्कीको दक्षिणतर्फ सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसका अनुसार अहिले प्राप्त प्रारम्भिक जानकारी अनुसार भूकम्पको तीव्रता ७ दशमलव८ मापन गरिएको छ।

युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा हो। यो क्षेत्र गाजिएनटेप नजिकैछ।

गाजिएनटेपको जनसंख्या लगभग २० लाख छ, जसमध्ये ५ लाख सिरियाली शरणार्थी छन्। भूकम्पले ठूलो मात्रामाजनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ।

जर्मन रिसर्च सेन्टर अफ जियोसाइन्सेस (जीएफजेड) लाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले यसलाई ७.७म्याग्निच्युडको भूकम्पका रूपमा वर्णन गरेको छ। जीएफजेडका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटरतल थियो।

समाचार एजेन्सी एएफपीले यसलाई ७.९ म्याग्निच्युडको भूकम्प भनेको छ। 



images
प्रकाशित मिति :माघ २३, २०७९ सोमवार - ०८:५०:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend