Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

प्रेम-प्रस्ताव -विकास अधिकारी

प्रेम-प्रस्ताव -विकास अधिकारी

नेप्लिज डायस्पोरा

२, फाल्गुण २०७९
images
प्रेम-प्रस्ताव -विकास अधिकारी

 

भुमध्यरेखिय मौसमजस्तो

सदा एकनासको छैन

मेरो जिन्दगीको मौसम ।

 

गुरु कामदले गाएको

ठुमरीको लयजस्तो

मिलेको छैन मेरो यात्राको लय ।

 

भिन्चिले पोतेका रङजस्तो

पोतिएका छैनन् सुन्दर रङहरुले

मेरो सपनाको क्यान्भास ।

 

कालीतिरमा एकलाश बसिरहेको

शालिग्रामजस्तो छ मेरो जिन्दगी ।

चराजस्तै बास फेर्दै हिड्नुपर्नेछ

लामा उकाला बाटाहरु ।

 

ए मेरी साथी !

लौ फैसला गर,

चौतारी बनेर यतै बस्छेऊ

या लौरो बनेर मसँगै हिड्छेऊ ?

 

--

 

रामपुर, पाल्पा

हालः फ्लोरिडा

images
प्रकाशित मिति :फाल्गुण २, २०७९ मंगलवार - १०:०४:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend