Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

'जात' र 'धर्म'प्रति -आर.बी. निश्चल

'जात' र 'धर्म'प्रति -आर.बी. निश्चल

नेप्लिज डायस्पोरा

१०, फाल्गुण २०७९
images
'जात' र 'धर्म'प्रति -आर.बी. निश्चल

 

यी " जात" हरूले
हाइना र जंगली कुकुरले झैँ
पल्पल लखेटिरहेछ्न मलाई

कहीँ कतै कसैले मलाई देख्ला
र उसको साइत बिग्रेला कि भनी
सिकारीको वाण लागिसकेको मृग झैँ तर्सेर, लुकेर चारैतर्फ हेर्दै कान ठाडा पारेर हिँड्दै छु/ दौड्दै छु

अन्जानमा कतै केही छोइएला कि
वा तीर्खा मेट्न धारो/ कुवा /पोखरीमा जाँदा
पानी छोएको निहुँमा गोहीको शिकार बनिने पो हो कि
भन्ने त्रासमा
गोहीको मुखबाट उम्केको मृग झैँ
कतिपल्ट तिर्खा नै नमेटी कुलेलम ठोकेको छु त
कतिपल्ट भरिसकिएको गाग्रीबाट बग्दै गरेको पानी हेरी घुटुक्क थुक निलेर तिर्खा मेटेको छु

झुक्किएर कतै आगो छोइदिएँ भने
आफै खरानी बन्नु पर्ला कि भनेर
माघको चिसोमा पनि सडकमै सुतेको छु
"फेरि यहाँ किन छोइस?" भन्दै भकुर्ला भनी
मध्य रातमा कतिपल्ट उठेको छु

जंगली कुकुररूपी जातले लखेट्दालखेट्दा
आधा जुनी बितिसकेछ
अब कुन दिन धर्मरूपी सिंहको मुखमा परेर
यो जिन्दगी टुङ्गिने हो ? केही थाहा छैन

तर यत्ति थाहा छ-
हाइना र जंगली कुकुर अजर अमर छैनन्
र, छैन जंगलको राजा भनिने सिंह पनि!


०७९/८/२०

images
प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - १७:४९:१२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend