Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बदनाम हुदैछु -✍️ सहदेव कोइराला कवि

बदनाम हुदैछु -✍️ सहदेव कोइराला कवि

नेप्लिज डायस्पोरा

१२, फाल्गुण २०७९
images
बदनाम हुदैछु -✍️ सहदेव कोइराला कवि


——
ढाडमा घामले पोलेपछि ॲाखा मिच्दै उठदैछु
हारेको खेलाडी लुटिएको जुवाडे
मात्तिएको जड्याहा जस्तै
अर्थहीन जिन्दगी बाचेको भनेर
म फेरि बदनाम हुदैछु।
॥१॥


भुस्कोल असफल विध्यार्थी
असक्षम शिक्षक राजनीति कर्मि
घुस्याहा कर्मचारी र बेभिचीरी जस्तै
उपेक्षित जीवन जिएको आरोपमा
म फेरि बदनाम हुदैछु।
॥२॥


नीति हीन राजनीति नेता
भविष्य बिहीन झोले कार्यकर्ता
सदाचारी र भ्रष्ट्रचारी नछुट्टने मन्त्री जस्तै
सदनमा हिलो छ्यापाछ्याप गर्दै
म फेरि बदनाम हुदैछु।
॥३॥


भगुवा प्रहरी पराजित सैनिक
गफाष्टी वकिल अपूर्ण डाक्टर
ठगाहा ठेकेदारको भविष्य निराकार जस्तै
मै हुं भन्नेहरूको सक्कली रूप हेर्दैछु।
म फेरि बदनाम हुदैछु।
॥४॥


आधा दर्जन सन्तान जन्मिए पछि
नपुषकको आरोप खेपिरहदा
डिएनए परीक्षण गर्ने गौडो खोजे जस्तै
छिमेकीको ढोकामा मुचुल्का टॅास गर्दैछु
म फेरि बदनाम हुदैछु।
॥५॥


कुनै कसर बाकी छ कि अझै समाजमा
दिउसै दीयो बालेर खोजिहिडदैछु
आफ्नै जन्मभूमिमा पराई ठहरिए जस्तै
ईम्पलर न्यूक्लोथको तान बुन्दैछु
म फेरि बदनाम हुदैछु।
॥६॥


ग्रीन पनि होइन यलो पनि होईन
खतरनाक रेड लाईट क्रस गर्दैछु
यो दल त्यो दल कुनै दलको दलदलमा
मादलको ताल मिलाए नाच्ने गर्दैछु
म फेरि बदनाम हुदैछु।
॥७॥

images
प्रकाशित मिति :फाल्गुण १२, २०७९ शुक्रवार - ०९:११:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend