आउ तिमी हामी मिली गठबन्धन गरौँ
मलाई प्रधान....
तिमीलाई ....पती
उसलाई ...मुख
अनि उसलाई मुख्य..
उसको उसलाई उप..
बाडौ सबै, मिलौ पदका लागी
तर भनौ जनताका लागी !!
आउ तिमी हामी मिली गठबन्धन गरौँ !!
खाने हो सबै भाग लगाई
हाम्रै आफ्नै पेवा त हो
तेत्रो जेल नेल बसियो
तेत्रा मान्छे मारियो
खान परेन त !!
सङ्गै खाउ बाडौ मिली
तर भनौ जनताका लागी !!
आउ तिमी हामी मिली गठबन्धन गरौँ
तैले यो बिकाश गर
मैले यो बिकाश गर्छु
देश हितका लागी
तैले यो काम गर
मैले यो काम गर्छु
सङ्गै मिली कलकारखाना खोलौ
सङ्गै मिली ब्यापार घाटा घटाउँ
यस्ता कुरा अहँ गर्ने नै हैन
यस्ता कुरामा अहँ मिल्ने नै हैन
मात्र मिलौ पदका लागि
हामी आफै बाड्ने हो
हामी आफै अनि आफ्नाले खाने हो
तर भन्ने हो जनताका लागी !!
आउ तिमी हामी मिली गठबन्धन गरौँ !!
देशमा रोजगारीको
बातवरण बनाउनेनै हैन
युवा जति बिदेश पठाउला
रेमिटेन्सले देश चलाउला
युवा फर्किहाले
लामिछानेकै हालत बनाईदिउला
आउ तिमी हामी मिली गठबन्धन गरौँ
जनताका लागी !!
आउ तिमी हामी मिली गठबन्धन गरौँ
जनताका लागी !!