Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको पोर्चुगलमा निधन

थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको पोर्चुगलमा निधन

नेप्लिज डायस्पोरा

२१, फाल्गुण २०७९
images
थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको पोर्चुगलमा निधन

काठमाडौं । थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको निधन भएको छ । उपचारको क्रममा ४५ वर्षिय थारुको निधन पोर्चुगलको एक अस्पतालमा भएको हो ।

अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जनाएको छ । उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो ।

कमैया नामक डकुमेन्ट्रीमा उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका थिए । चौधरीकै अभिनय तथा लगानीमा निर्माण भएको थारु फिल्म बौछार, जीवन एक लदिया हो लगायत हिट भएका थिए ।

कराँतेका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका चौधरी थारु फिल्मको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए ।

उनी धनगढी उपमहानगरपालिका-१ शिवनगरका बासिन्दा हुन् । सन् २०११ देखि पोर्चुगलमा बस्दै आएका थिए । चौधरीकी आमा, पत्नी र तीन छोरी छन् ।

 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७९ आइतवार - ०७:२२:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend