Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नेपाल एयरलाइन्सको दुबई-काठमाडौं रुटको उडानमा सबै क्रु मेम्बर महिला

नेपाल एयरलाइन्सको दुबई-काठमाडौं रुटको उडानमा सबै क्रु मेम्बर महिला

नेप्लिज डायस्पोरा

२४, फाल्गुण २०७९
images
नेपाल एयरलाइन्सको दुबई-काठमाडौं रुटको उडानमा सबै क्रु मेम्बर महिला

२४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँ इतिहास बनाएको छ ।

एयरलाइन्सको आजको दुबई-काठमाडौं रुटमा उडेको ए३२० जहाजको सबै क्रु मेम्बर महिला थिए । जसमा पाइलट भावना पन्त र को-पाइलट सृजना रावतले जहाज उडाएका थिए ।

एयरहोस्टेस समेत सबै महिला राखेसँगै यो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालेका हुन् ।

यो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

दुई दिन अगाडि चालक दलको यसै जोडीले यो जहाज दुबई लगेको थियो । जुन आफैंमा इतिहास थियो ।

आज ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले यो संयोग जुराएको हो । अनलाईन खबरमा यो समाचार छापिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - १२:०१:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend