Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

गायक राजेशपायल राईले साङबुङ राईसँग विवाह गरे

गायक राजेशपायल राईले साङबुङ राईसँग विवाह गरे

नेप्लिज डायस्पोरा

२४, फाल्गुण २०७९
images
गायक राजेशपायल राईले साङबुङ राईसँग विवाह गरे

काठमाडौं । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका छन् ।

उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो । यी दुईजनाबाट एक सन्तानको पनि जन्म भएको छ । विवाहलाई मिडिया खुलासा गरेपनि राजेशपायलले अहिलेसम्म औपचारिक रुपमा केही खुलाएका थिएनन् ।

विवाह दर्ताअनुसार राजेशपायलको उमेर ४७ वर्ष र प्रेमिका सङबुङको उमेर राजेशपायलभन्दा आधाले कम छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले राजेशपायल राईले विवाह दर्ता गरेको पुष्टि गरे ।

विवाहअघि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । गत दशैंको महाष्टमीको बेला यी दुईले सन्तानलाई जन्म दिएको खुलासा भएको थियो । सङबुङले बच्चा जन्माएको जानकारी त्यतिबेला टिकटकबाट दिएकी थिइन् ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - २०:५३:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend