हावाले रूख हल्लिँदा पनि
कतै मैले छोएकोले गर्दा नै
ती कामेका हुन कि झैँ लाग्छ
भुकम्प जाँदा पनि
कतै मेरै स्पर्शले तर्सेर
धर्ती कामेकी हुन् कि झैँ लाग्छ
लाग्छ- ममा कतै विद्दुत शक्ति पो छ कि?
नत्र ता मसँग छोइँदा पुजारी किन काम्छ?
काम्दै तर्सेर मान्छे मदेखि टाढा किन भाग्छ?