Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अबस्था - सहदेव कोइराला

अबस्था - सहदेव कोइराला

नेप्लिज डायस्पोरा

२९, फाल्गुण २०७९
images
अबस्था - सहदेव कोइराला

 

वीर गोर्खालीका सन्तान हौ भनी संसारमा हामी गौरब गर्छौ
देशमै भने गरिबीको चपेटामा कष्टकर जीवन बाच्न बिवसछौ।
अरुहरूका लागि धेरै गरियो अब भने देशका लागि केहि गरौ
जहॅा सुकै रहे बसे पनि गोलार्धमा हामी नेपाली भएर नै मरौ।

पवित्र जन्मभूमिमा पानी सरि रगतको खोलो फेरि नबगोस
ज्ञान सीप स्रोत र साधन प्रयोग गर्रौ नेपालीहरूकै भलो होस।
सबै मिलेर समाजका दुष्ट र भ्रष्टहरूको जरा उखालेरै फालौ
शुभ कार्य शुरू गर्न ढिलो हुदैछ आजै सुनिस्चित कदम चालौ।

आजको असहज अबस्थामा हामी अचानक पुगेका होइनौ
राष्ट्र राष्रट्रियताको सवालमा एक जुट हुने राम्रो बानी छोडेउ।
प्रकृतिले दिएको निधी हिमाल पहाड तराईका फाटहरूको
दीगो विकास गर्न उपयोग गरौ यि सबै साधन स्रोतहरूको ।

गॅास बास कपासका माग सबै पूरानो हुन नयॅा केहि छैनन
समयसंगै पुस्ता बदलियो तर हाम्रो सोच कहिले बदलिएन।
अरुको मुख ताक्ने होइन अब शुरुवात आफैबाट गर्नुपर्छ
नत्र विकास र शान्ति फेरि विनासको भूमरिमा अल्मलिनेछ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - १८:१०:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend