ताप्लेजुङ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईले संसदीयशक्तिको उच्च प्रतिस्पर्धामा रहेका मुख्य दल एमाले र कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल ताप्लेजुङले आज (शनिबार) फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले संसदीयप्रतिस्पर्धामा सफल राजनीतिक दलहरुले सरकारको नेतृत्व गरे अन्तर्राष्ट्रिय क्षेत्रको समेत विश्वास जित्न सकिने जिकिरगरे । ‘पूर्णतया सफल त कोहि पनि छैन । तर संसदीय प्रतिस्पर्धामा कि कांग्रेस सफल हो, कि एमाले,’ उनले भने ।अर्थतन्त्रको अहिलेको अवस्थाको सुधारका लागि पनि संसदीय व्यवस्थाका सफल दलहरुको नेतृत्वमा सरकार बन्नुपर्नेउनले जिकिर गरे ।
उनले माओवादी केन्द्रलाई संसदीय व्यवस्थाभित्र असफल शक्तिको रुपमा उल्लेख गरेका छन् । माओवादी केन्द्रलाईसंसदीय व्यवस्थामा कसैको सहराबेगर आफ्नो राजनीतिक अस्तित्व जोगाउन नसक्ने शक्तिको संज्ञा दिँदै भट्टराईलेमाओवादीकै कारण देश अधोगतितर्फ उन्मुख हुन थालेको आरोप लगाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्थिर, अलोकतान्त्रिक र संसदीय मूल्य–मान्यताविरुद्ध लागेको आरोप लगाउँदैउनले भने, ‘दुई महिनामै पार्टनर फेर्ने प्रधानमन्त्रीजीलाई अब कर्मचारी, प्रहरी, सेना र अन्य अन्तर्राष्ट्रिय शक्तिले टेर्न रपत्याउन छाडेका छन् ।’