Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नव वर्ष २०८० को अवसरमा विश्व नेपाली साहित्य महासंघ -भारतद्वारा पाक्षिक 'सृजना वाचन'

नव वर्ष २०८० को अवसरमा विश्व नेपाली साहित्य महासंघ -भारतद्वारा पाक्षिक 'सृजना वाचन'

सतीश चापागाईं

३, बैशाख २०८०
images
नव वर्ष २०८० को अवसरमा विश्व नेपाली साहित्य महासंघ -भारतद्वारा पाक्षिक 'सृजना वाचन'

 

पाल्पा, १५ अप्रैल २०२३ : विश्व नेपाली साहित्य महासंघ -भारत शाखाको पाक्षिक 'सृजना वाचन' कार्यक्रम सहित नेपाली नव वर्ष २०८० को शुभकामना आदानप्रदान हिजो बेलुकी भर्चुअली गुगल मिट मार्फत् सम्पन्न भएको छ ।


श्री राहुल राईको अध्यक्षता साथै कवयित्री सुमित्रा अविरलको कुशल सञ्चालनमा नव वर्षको शुभकामना आदानप्रदानको सिलसिला प्रथम सत्रमा सम्पन्न भयो भने दोस्रो सत्रमा सिक्किम , दार्जिलिङ, डुवर्स, सिलगडी अनि तराई क्षेत्रबाट सहभागी भएका सर्जकहरूले आ-आफ्ना मौलिक रचनाहरु छन्द कविता, लघुकथा, गीत , गजल, मुक्तक आदि सुनाउनु भयो।


सृजना वाचनको क्रममा विमल खतिवडा माइला, देविका मंग्राती, अर्जुन निरौला, जयन्ती मुखिया, धिरज सुब्बा, शान्ती भुजेल, निमा तामाङ, नुरन राई, छन्द गुरु मोहन गौतम, सरस्वती शर्मा, प्रेम न्यौपाने, विसन बराइली, केशव शर्मा आदिले क्रमबद्ध रुपमा आ-आफ्ना मौलिक रचना पस्किनुभएको थियो भने असमका श्री प्रेम विश्वकर्माज्युले मादल बजाउँदै झ्याउरे छन्दमा गीत गाएर कार्यक्रम मनोरञ्जनात्मक बनाउनु भएको थियो ।


कतिपय सर्जकहरूका मोबाइलको नेटवर्क र प्राविधिक पक्ष उति सबल नदेखिए पनि कार्यक्रममा २५/३० जना साहित्यिक सर्जकहरूका उत्साहबर्द्धक उपस्थिति कार्यक्रमको अन्तसम्म देखियो भने साहित्य क्षेत्रका नारी हस्ताक्षर सुभद्रा बम्जन, शारदा स्टेफी सुब्बा, श्रीमती अमला छेत्री, गीतकार ग्याल्पो लामा, कुशल उदघोषिका, गजलकार निर्दोशिका तामाङको पनि महत्त्वपूर्ण उपस्थिति रहेको थियो ।
नव कलमका धारहरुलाई समेटेर विनेसामले पाक्षिक रुपमा सञ्चालन गरिरहेको यो ' सृजना वाचन' कार्यक्रम धारावाहिक रुपमा अघि बढनेछ भनि सचिवा सुमित्रा अविरलले जनाउनु भएको छ ।
नेपाली साहित्यको विकासक्रममा थप टेवा प्रदान गर्दै सृजनाको मूल फुटाउन समानान्तरपूर्वक संस्थागत रुपमा भर्चुअली अनि प्रत्यक्ष (फिजिकली) कार्यक्रमहरू गर्दै आइरहेका छौं, निकट भविष्यमा पनि गरिरहने छौं भनी विनेसामका अध्यक्ष श्री राहुल राईले बताउनु भएको थियो।

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०५:४३:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend