Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मेरी आमा (कविता) - शंकर बानिया ‘शान’

मेरी आमा (कविता) - शंकर बानिया ‘शान’

नेप्लिज डायस्पोरा

११, बैशाख २०८०
images
मेरी आमा (कविता) - शंकर बानिया ‘शान’

मेरी आमा
भोक लाग्दा आफू खाली पेट बसेर भए पनि हाम्रो पेट भरिदिन्थ्यौ !
आफ्नो समस्या पोख्नु बित्तिकै निस्वार्थ हतपत अघि सरिदिन्थ्यौ ! !

विडम्बना !
यता प्यास लागेर छटपटिदा पनि एक थोपा पानी दिने कोही छैन !
पिडामा एक्लै तड्पिदा ढाडस दिएर म छु भनिदिने कोही छैन ! !

मेरी आमा,
ठेस लागेर ऐय्या आमा ! भन्दा, तिमी हतपत लौन नि भन्दै कुद्थ्यौ !
रातभर मलाई ओभानो ओछ्यानमा सुताएर आफू चिसोमा सुत्थ्यौ ! !

अफसोस !
यता थाकेर गलित भएर ढलिरहदा पनि "के भो" भनेर सोध्ने कोही छैन !
यो मान्छे नै मान्छे को भिडमा, तिमी जस्तो मनको व्यथा बुझिदिने कोही छैन ! !

मेरी आमा,
कहिलेकाहीँ गल्ती गर्दा मेरो गालामा एक चड्कन हानेर फेरि आफैं रुन्थ्यौ!
कहिलेकाहीँ मेरो सा-सानो घाऊ खटिरा हुँदा पनि आफैं मलहमपट्टि बनिदिन्थ्यौ! !

हिजोआज,
चौबिस घण्टे झिलिमिली र तामझामले आँखा तिरमिराउँदा नि त्यही टुकीको याद आउँछ
यो मुटु फुट्ने हेपाई र प्रवासीको पिडा भन्दा त तिम्रो कुचोको डाँठ प्यारो लाग्छ! !

- शंकर बानिया "शान"

images
प्रकाशित मिति :बैशाख ११, २०८० सोमवार - ०७:०२:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend