Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकाको टेक्सासमा नेपाली डाक्टरहरुद्वारा निशुल्क स्वास्थजांच गरिने

अमेरिकाको टेक्सासमा नेपाली डाक्टरहरुद्वारा निशुल्क स्वास्थजांच गरिने

नेप्लिज डायस्पोरा

१३, बैशाख २०८०
images
अमेरिकाको टेक्सासमा नेपाली डाक्टरहरुद्वारा निशुल्क स्वास्थजांच गरिने

ड्यालस (टेक्सस) । अमेकिकाको टेक्ससमा कृयाशील नेपालीमुलका चिकित्सकहरुको हिमालय हेल्थ क्लिनिकलेआउँदो महिनाबाट सेवा सुरु गर्ने जनाएको छ ।
क्लिनिकले मे ७ तारिकबाट युलेसको नयाँ र सुविधासम्पन्न भवनबाट सेवा सुरु गर्न लागेको डाक्टर संजीब श्रेष्ठलेजानकारी दिए ।युलेसमा यसै महिनादेखि सञ्चालनमा आएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (मन्दिर) को भवनमा हिमालयहेल्थ क्लिनिकका लागि सुविधायुक्त ६ कोठा रहेका छन् । सो दिन बिहान १० बजेदेखि क्लिनिक सञ्चालन हुनेछ ।

‘अहिलेलाई महिनामा एक पटक क्लिनिक चलाउने योजना छ । तर जनशक्ति (चिकित्सक) पुगेको खण्डमा हरेक हप्ताचलाउने लक्ष्य छ’ डा. श्रेष्ठले भने ।

‘नेपाली समुदायका लागि यो सुविधा र गौरब दुबै विषय हुन्’ डा.सन्दीप पाण्डेले भने । यो क्लिनिकका लागि डा. श्रेष्ठ, डा. पाण्डे, डा. दीपेश विष्ट, डा. विष्णु सापकोटा, डा. रजनी श्रेष्ठ, डा. रोजी राजभण्डारी, डा. अनुज कँडेल, डा. विश्वासउपाध्याय, डा. युवराज भटटराई, डा. शर्मिला श्रेष्ठ (डिडिएस) र डा. पूजा सैंजु (डिडिएस) लगायतको टोली कृयाशील छ।

क्लिनिक निशुल्क हुनुका साथै स्वास्थ बिमा नभएका र नेपालबाट भ्रमणमा आएकाहरुलाई लक्षित गरेर सञ्चालन गर्नलागिएको हो । हिमालय हेल्थ क्लिनिक गैर नाफामुलक संस्थाका रुपमा टेक्सस राज्यमा दर्ता भएको संस्था हो ।

मे ७ तारिक क्लिनिकमा स्वास्थ सेवा लिन चाहनेले टिएनएमएको वेवसाइट (www.TNMAOnline.org) मा गएरपहिलेनै नाम दर्ता गर्न संस्थाले अनुरोध गरेको छ ।

समाचार श्रोत: हिमालयन खबर डटकम

images
प्रकाशित मिति :बैशाख १३, २०८० बुधवार - ०३:००:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend