Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

युनेष्को र विश्व प्रेस जगतसंग ईन्जाको ऐक्यबद्धता

युनेष्को र विश्व प्रेस जगतसंग ईन्जाको ऐक्यबद्धता

नेप्लिज डायस्पोरा

२०, बैशाख २०८०
images
युनेष्को र विश्व प्रेस जगतसंग ईन्जाको ऐक्यबद्धता

वाशिंगटन डिसी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल इन्जाले संसारभरी छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिब्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना ब्यक्त गर्ने क्रममा संयुक्त राष्ट्रसंघ अन्तर्गत युनेष्को र विश्व प्रेस जगतसंग एेक्यबद्धता जनाएको छ ।
अभिव्यक्ति स्वतन्त्रता मानवाधिकारको मुख्य अंश भएकाले यो स्वतंत्रताको रक्षाका लागि युनेष्कोले मे २ देखि ५ तारिकसम्म न्यूयोर्कमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व प्रेस स्वतंत्रता दिवस मनाई रहेको छ । यसै अवसरमा युनेष्कोसंग ऐक्यबद्धता जनाउदै ईन्जाले प्रेस नोट जारी गरेको हो । जारी नोटमा ईन्जाले भनेको छ -
विश्वमा सरकारहरु प्रेस जगतप्रति अनुदार हुंदा एकातिर जनताको सूचना पाउने मौलिक हक कुन्ठित भैरहेको छ भने अर्कोतिर चौथो अंगको रुपमा रहेको संचारले निर्वाधरुपमा अभिब्यक्ति स्वतन्त्रता मार्फत समाजलाई योगदान दिन नसकेको हुंदा यतातर्फ ईन्जा विश्वका सरकारहरुको ध्यानाकर्षण गर्दछ ।

युनेष्कोले आयोजना गरेको ४ दिवसीय कार्यक्रममा संसार भरिका पत्रकारहरु, संचार सम्बन्धी संस्थाहरु, अभियन्ताहरु साथै सरकारी प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ। ईन्जाले यस कार्यक्रमको सफलताको शुभकामना पनि ब्यक्त गरेको छ ।

संचार जगतको स्वतन्त्रता, पत्रकारमाथिको आक्रमण विरोधी गतिविधिहरु र मिडियाको भविष्यबारे युनेस्को र संसारका संचार सम्बद्ध संस्थाहरुले चलाउने अभियानहरुमा ईन्जाले ऐक्यबद्धता जनाएको हो।
नेपाली संचार क्षेत्रमा कार्यरत संचारकर्मीको पेशागत हितमा काम गर्न हातेमालो गर्दै विश्व भर रहेका नेपाली मूलका संचारकर्मी बीच संजाल निर्माण गरिरहेको ईन्जा अमेरिकी कानुन अनुरुप स्थापना भइ काम गरिरहेको छ ।
आजको प्रेस स्वतन्त्रता दिवसको अवसरमा ईन्जाले
पेशागत कामको शिलसिलामा युक्रेन लगायत संसार भरि विभिन्न ठाउंमा भएका द्वन्दहरुमा अनाहकमा मारिएका रिपोर्टरहरु र अन्य विविध कारणले मारिएका संचारकर्मीप्रति हार्दिक श्रद्धान्जली पनि ब्यक्त गरेको छ ।साथै पत्रकारहरुको सुरक्षामा ध्यान दिन सरोकारवालाहरुलाई कडा अनुरोध पनि गरेको छ ।

सँगसगै संचार जगतलाई पनि समाजमा मर्यादित र जिम्मेदार भएर भूमिका निर्वाह गर्न इन्जाले आग्रह गरेको छ ।

images
प्रकाशित मिति :बैशाख २०, २०८० बुधवार - १८:५५:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend