Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

विश्व नेपाली साहित्य महासंघ, भारत शाखाको तेस्रो पाक्षिक 'सृजना वाचन 'साथै कृति समिक्षा

विश्व नेपाली साहित्य महासंघ, भारत शाखाको तेस्रो पाक्षिक 'सृजना वाचन 'साथै कृति समिक्षा

नेप्लिज डायस्पोरा

२२, बैशाख २०८०
images
विश्व नेपाली साहित्य महासंघ, भारत शाखाको तेस्रो पाक्षिक 'सृजना वाचन 'साथै कृति समिक्षा

पाल्पा ०२ मई, २०२३ । विश्व नेपाली साहित्य महासंघ- भारत शाखाको पहलमा सञ्चालित श्रृङखलाबद्ध साहित्यिक कार्यक्रम 'सृजना वाचन' को तेस्रो ३ श्रृङखला साथै 'कृति समिक्षा' हिजो मङ्गलबार जूम मार्फत भर्चुअल्ली सम्पन्न भएको छ ।


सञ्चालिका नम्रता शर्माद्वारा सञ्चालित सो कार्यक्रमको अध्यक्षता श्री राहुल राई बोगिकोज्युले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालबाट प्राध्यापक डा. गोबिन्दराज भट्टराई, विशिष्ट अतिथिमा दीपक पन्त, असमका वरिष्ठ समालोचक साथै लेखक ज्ञानबहादुर छेत्री, समालोचक डा. सुकराज दियाली, सुनिता राई काम्देबा, गोमविक्रम (पाल्पा), अतिथि कविमा मणिराज सिंह उपस्थित हुनुशुन्थ्यो भने सृजना वाचनको निम्ति विभिन्न स्थानबाट चार कविहरू क्रमश : कवि बिमला जोशी, कवि रोहित लामगादे, कवि द्वारिका छेत्री, कवि मिलन माझी उपस्थित रहेर आ-आफ्ना रोचक अनि रसिला सृजनाहरू कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रमको पूर्वार्द्धमा सञ्चालिका नम्रता शर्माले सबै अतिथिहरूलाई आसनग्रहण गराएपछि हर्कु तामाङले कार्यक्रममा उपस्थित सबैलाई वक्त्व्य मार्फत स्वागत गर्नु भएको थियो ।


असम राज्यबाट कार्यक्रममा उपस्थित रहनुभएका वरिष्ठ समालोचक ज्ञानबहादुर छेत्रीद्वारा लिखित समालोचनात्मक कृति 'निपठनमा सुकरातको डायरी' माथी सिलगढीबाट उपस्थित रहनुभएका समालोचक तथा लेखक डा. सुकराज दियालीले आफ्नो मन्तव्य राखनु भएको थियो ।


' सुकरातको डायरी ' माथी समालोचनात्मक कृति लेख्नुहुने वरिष्ठ समालोचक ज्ञानबहादुर छेत्रीलाई बुझ्न अथवा उहाँको यस कृतिबारे जान्न पाठकहरूले अवश्यै यसभन्दा अघिका पुस्तक ' सुकरातका पाइला ' अध्ययन गर्न आवश्यक रहेको बताउनु भएको थियो ।
भारतीय नेपाली साहित्यमा नविनतम् चेतनाबोध गराउन अग्रिम पङ्क्तिमा रहेर लेखिरहेका असमका ज्ञानबहादुर छेत्रीज्युले निकै लामो अध्ययन गरेपछि, 'निपठनमा सुकरातको डायरी' प्रकाशनमा ल्याएको छ । उहाँप्रति आभार व्यक्त गर्दछु । ' भनी प्राध्यापक डा. गोबिन्दराज भट्टराईले आफ्नो भनाई राख्नु भएको थियो ।
विश्व नेपाली साहित्य महासंघ- भारत शाखाले साहित्य क्षेत्रमा जुन कार्यक्रमहरू अघि ल्याइरहेको छ वा विगतमा भव्य अनि सभ्य तरिकाले सम्पन्न गर्दै आइरहेको छ, म आफै पनि साक्षीको रुपमा रहिआएको हुनाले संस्थाले गरिरहेको क्रियाकलापको म प्रशंसा नगरि सक्दिन भनि वरिष्ठ समालोचक ज्ञानबहादुर छेत्रीज्युले आफ्नो मन्तब्य राख्नु भएको थियो ।

images
प्रकाशित मिति :बैशाख २२, २०८० शुक्रवार - ०३:४१:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend