फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिनले आफ्ना श्रीमानसंग गर्नेगरी अदालतमा डिभोर्सको लागि निवेदन हालेकी छन् ।
“१९ बर्ष लामो साथ र छोरीप्रति हामी गर्व गर्छौं।” मरिनले आफ्नो ईन्ष्टाग्राममा लेखेकी छन् ।
सान्ना र रेईक्कोनेनको यो जोडी १९ बर्ष संगै रहेको र २०२० मा विवाह गरेका थिए । उनीहरुका एक ५ बर्षीय छोरी छन् ।पति रेक्कोनेन एक व्यवसायीक फुटबल खेलाडी र व्यापारी पनि हुन् ।
“उनी मेरो असल साथी रहिरहने छन्।” सान्नाले भनेकी छन् ।
आफ्नो पार्टीले गत निर्वाचनमा बहुमत ल्याउन नसकेपछि सान्ना केहिदिन मै सरकारबाट बाहिरिदै छन्