Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भारत जाने मन्त्रीलाई ठाकुर गैह्रेको सुझाव “भारतीय संसद्को नक्साबाट लुम्बिनी हटाउन भन्नुहोला “

भारत जाने मन्त्रीलाई ठाकुर गैह्रेको सुझाव “भारतीय संसद्को नक्साबाट लुम्बिनी हटाउन भन्नुहोला “

नेप्लिज डायस्पोरा

१६, जेठ २०८०
images
भारत जाने मन्त्रीलाई ठाकुर गैह्रेको सुझाव “भारतीय संसद्को नक्साबाट लुम्बिनी हटाउन  भन्नुहोला “

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैह्रेले भारतको संसद् भवनको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटेको विषयमा कुरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार सिंहदरबारस्थित पूर्वाधार विकास समितिको बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुरबस्नेतलाई ध्यानाकर्षण सांसद गैह्रेले ध्यानाकर्षण गराएका हुन् । 

बैठकमा सहभागी मन्त्री बस्नेतलाई उनले भारतले आफ्नो संसद् भवनको नक्सामा नेपालको लुम्बिनी राखेको जानकारीगराउँदै  क्रममा त्यसबारे नेपालको तर्फबाट आफ्नो कुरा राख्न आग्रह गरे । 

जवाफमा मन्त्री बस्नेतले भारतको बिहारमा पनि त्यही नाम गरेको ठाउँ रहेको भन्ने भारतीय पक्षको कुरा रहेको बताउँदैसांसद गैह्रेले राखेको कुरामा भारतीय पक्षलाई राख्ने प्रतिबद्धता जनाएका छन् । 

समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि बनाउने विषयमा सांसदहरूले छलफल गरेका छन् । 

images
प्रकाशित मिति :जेठ १६, २०८० मंगलवार - १५:४४:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend