Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

विश्व नेपाली साहित्य महासंघ - भारतको चौथो 'सृजना वाचन' र 'कृति समीक्षा' को भर्चुअल कार्यक्रम सम्पन्न

विश्व नेपाली साहित्य महासंघ - भारतको चौथो 'सृजना वाचन' र 'कृति समीक्षा' को भर्चुअल कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

२२, जेठ २०८०
images
विश्व नेपाली साहित्य महासंघ - भारतको चौथो 'सृजना वाचन' र 'कृति समीक्षा' को भर्चुअल कार्यक्रम सम्पन्न


पाल्पा, २१, ०२, २०८० ।
हरेक अँग्रेजी महिनाको २ तारिखका दिन विश्व नेपाली साहित्य महासंघ-भारत शाखाको तत्वावधानमा आयोजना हुँदै आइरहेको 'सृजना वाचन' साथै 'कृति समीक्षा' को भर्चुअल कार्यक्रम हिजो शनिबार वरिष्ठ साहित्यकार श्री शरद छेत्रीज्युको अध्यक्षतामा, कवयित्री सुमित्रा अविरलको कुशल सञ्चालनमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिखर कवि श्री शैलेन्द्र साकार, विशिष्ट अतिथिको रुपमा 'स्वतन्त्र सेनानी दलबीर सिंह लोहार' कृतिका सर्जक श्री प्रेम विश्वकर्मा, संस्थाका केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू 'परदेशी, समालोचकद्वय डा° सुकराज दियाली ,श्री ज्ञानबहादुर छेत्री (आसाम), कवयित्री मञ्जुला तामाङ सुब्बा, केन्द्रीय महासचिवा सुनिता राईको उपस्थिति रहेको थियो ।

सृजना वाचनको निम्ति अतिथि कविका रुपमा कवि दिव्य गिरी, क्यानाडाबाट कवि कुसुम ज्ञवाली उपस्थित हुन्थ्यो भने अन्य अतिथिहरुमा कवि तथा गीतकार दीपक राई, कवि बिजय मुखिया, कवि प्रशान्ती राई उपस्थित रहनु भएको थियो ।

85C77C99-379C-4125-8AAF-385CC7F03D8A.jpeg


उपस्थित सम्पूर्णले क्रमसँगै आ-आफ्ना मौलिक रचनाहरूको प्रस्तुति गर्नु भयो भने समालोचनात्मक वक्तव्य राख्ने क्रममा श्री ज्ञानबहादुर छेत्रीज्युले भन्नुभयो कि- " ६०/७० को दशकमा पुर्वोत्तर भारतको असम राज्यका कुशल वक्ता, असमिया भाषामै विधानसभा थर्काउने बाघ जस्ता गोर्खे विधायक दलबीर सिंह लोहारको कृतित्वलाई सर्जक श्री प्रेम विश्वकर्माज्युले समेटेर तयार पारेको यो कृति 'स्वतन्त्र सेनानी दलबीर सिंह लोहार' एक ऐतिहासिक कृतिको रुपमा पनि मान्न सकिन्छ ।

असमको लखिमपुर जिल्लामा जन्मनु भएका एक कुशल लेखक, निबन्धकार श्री प्रेम विश्वकर्माज्युले विधायक दलबीर सिंह लोहारबारे स्पष्टका साथ यस कृतिमा समेटेका हुनाले कृति अती रोचक र ऐतिहासिक रहेको बताउनुभयो ।


कृति जीवनपरक मात्रै नभएर विश्लेषणात्मक, तथ्यपरक हुनाले राष्ट्रप्रतिको योगदान, देशप्रेम, हामी हामी गोर्खामा पुर्खादेखि नै रहिआएको कुरो सर्जक श्री प्रेम विश्वकर्माज्युको कृति 'स्वतन्त्र सेनानी दलबीर सिंह लोहार' मार्फत उजागर भएको मान्न सकिने हुँदा सो कृति पढनै पर्ने देखिन्छ भनि समालोचनात्मक वक्तव्य राख्ने क्रममा डा° सुकराज दियालीज्युले बताउनुभयो ।


कार्यक्रम अति रोचक साथै ज्ञानवर्धक रहेको बताउँदै सञ्चालिका तथा कवयित्री सुमित्रा अविरलज्युले कार्यक्रममा महत्त्वपूर्ण उपस्थिति दिनुभएका सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

images
प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १८:२३:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend