Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नक्कली शरणार्थी प्रकरणः चितवनबाट बोरामा पैसा लिएर फर्केका थिए उनीहरु

नक्कली शरणार्थी प्रकरणः चितवनबाट बोरामा पैसा लिएर फर्केका थिए उनीहरु

नेप्लिज डायस्पोरा

२, आषाढ २०८०
images
नक्कली शरणार्थी प्रकरणः चितवनबाट बोरामा पैसा लिएर फर्केका थिए उनीहरु

काठमाडौं, २ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरु कारागार चलान भएका छन् ।

उक्त प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएपनि १२ जना अझैं फरार छन् भने पक्राउ परेका १८ जनामध्ये २ जनाधरौटीमा छुटेका छन् । उक्त प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, नेपालसरकारका सचिव टेकनारायण पाण्डे, नेपाल हज समितिका अध्यक्ष शमशेर मिँया, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का तत्कालीन प्रमुख सुरक्षा सल्लाहकार ईन्द्रजीत राई लगायत भिआईपीहरु कारागार चलान भएका छन् ।

सोही प्रकरणमा संलग्न रहेको अरोपमा पक्राउ परी जेल चलान भएका झप्पडबहादुर खत्रीले नक्कली भुटानी शरणार्थीप्रकरणमा चितवनबाट दुई बोरा पैसा ल्याएको बताएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाउन चितवनमा तीन दिनभित्र ४० देखि ५० जनाको बायोमेट्रिक लिइएको उनले बताएका छन्।

यस्तो छ झप्पडबहादुर खत्रीको बयान:

सन्देश शर्मा परिचित व्यक्ति भएकोले निजले २०७८ साल जेठका २४।२५ गते तिर फोन गरी बोलाएकोले म निजलाईभेट्न गएँ। निजले मेरो गाडी लिएर चितवन जाँउ भनेकोले मैले निजको गाड़ी लिई चितवनको भिजन होटलमा गए।भोलीपल्ट बायोमेट्रिक गर्न आएका ४०।५० जनाको वायोमेट्रिक गर्न सरकारी कर्मचारी हौं भनी हरि महर्जन, तामाङ थरभएका व्यक्ति र सन्देश शर्माले सरकारी लुगा लगाई, घाँटीमा गृह मन्त्रालयको कार्ड लगाई तीन दिन बायोमेट्रिक गरे, निजहरुबाट संकलित रकम सेतो बोरामा राखिएको थियो । सन्देश शर्माले कालो गाडी प्रेम गिरीले लान्छ, तिमी सरकारीगाडी लिएर जाउ, सामान गाडीमा राख भनेकोले मैले र हरी महर्जनले एउटा पैसाको बोरा र गौतम गिरीले अर्को पैसाकोबोरा गाडीमा राखेका हुन्। मैले सरकारी गाडी चलाई काठमाडौँ आएँ, ललितपुरस्थित महालक्ष्मीस्थानमा पुगेपछि उक्तपैसाको बोरा र सुटकेश हरी महर्जन र तामाङ थरका साथीले लिएर गएँ।

images
प्रकाशित मिति :आषाढ २, २०८० शनिवार - १७:१४:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend