पाल्पा असार २ गते । मञ्जुश्री साहित्यिक समाजको ६१ औं प्रविधि मैत्री कवि गोष्ठी डा. बम बहादुर थापा जितालीको सभापतित्वमा र गायिका आरती आरोहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा बिशेष अतिथिका रुपमा साहित्यकार गङ्गा लिगल, मुकुन्द शर्मा चालिसे, दुष्यन्त भट्टराई, द्वारिका कुइकेल, हरि खनाल, जगदीश्वर पोखरेल तथा अतिथिमा भुवनहरि सिग्देल, टेकबहादुर लौडारी, सावित्रा, चन्द्रावती अधिकारी, उर्मिला पन्त, उत्तम भेट्वाल आदि कविहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्ण स्रष्टाले आआफ्ना सुन्दर, समसामयिक सिर्जना वाचन गर्नुभएको थियो ।
उक्त साहित्यिक समारोहमा प्रमुख अतिथि, विशेष अतिथि र विशिष्ट व्यक्तिको सिर्जना र मन्तव्यले समारोह अझ गरिमामय बनेको थियो । समारोहको सञ्चालन संस्थाका सचिव वीरबहादुर लोहनीले गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न वर्णमात्रिक छन्द, लोकछन्द, गीत, गजल र स्वच्छन्दका कविता वाचन गरिएको थियो ।