Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

लघुकथा चौतारीको साक्षात्कार तथा स्वागत कार्यक्रम सम्पन्न

लघुकथा चौतारीको साक्षात्कार तथा स्वागत कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

६, आषाढ २०८०
images
लघुकथा चौतारीको साक्षात्कार तथा स्वागत कार्यक्रम सम्पन्न

 

पाल्पा २०८० असार ५ गते

मृगस्थली लघुकथा चौतारीले नेपाली लघुकथा विधाका विश्लेषक खेमराज पोखरेललाई स्वागत गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पोखरेललाई समूहले सयपत्री र रुद्राक्षको माला, च्यादर, खादा, टिकाले स्वागत गरिएको थियो । संवाद चौतारीका संस्थापक योगप्रसाद उपाध्यय चापागाईंले प्राज्ञको आगमनमा खुसी व्यक्त गर्दै लिखित अभिवादन पाठ गर्नु भएको थियो । प्रमुख अतिथि पोखरेलले लघुकथा चौतारीले लघुकथाको प्रवर्धनमा योगदान पुर्याएको कुरा बताउनु भएको थियो । कार्यक्रममा बोल्दै पोखरेलले परम्परागत नेपाली समाजलाई अघि लैजान कथाकारले नयाँ भन्दा नयाँ विषय खोज्नु पर्ने कुरा अौल्याउनु भएको थियो । कथाकार मनीषकुमार शर्माको अध्यक्षतामा बसेको अभिनन्दन कार्यक्रममा इन्दिरा चापागाई, सुनिता निरौला पौडेल, मन्दिरा चापागाईं, शान्ता तिमसिना लगायत स्रष्टा तथा अन्य धेरै स्रोताहरूको उपस्थिति थियो ।

images
प्रकाशित मिति :आषाढ ६, २०८० बुधवार - २०:२३:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend