Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पौडी खेल्दा डुबेर डेनमार्कमा नेपाली यूवाको निधन

पौडी खेल्दा डुबेर डेनमार्कमा नेपाली यूवाको निधन

नेप्लिज डायस्पोरा

१५, आषाढ २०८०
images
पौडी खेल्दा डुबेर डेनमार्कमा नेपाली यूवाको निधन

काठमाण्डौं तार्केस्वर घर भई विगत २ बर्षदेखि डेनमार्क कोपेनहेगन बस्दै आउनु भएका बर्ष २७ का सुविन्द्र खत्रीको पौडी खेल्ने क्रममा डुवेर बेहोश भई उपचारको क्रममा कोपेनहेगनको रिंग्स हस्पिटलमा मिति २७ जुन २०२३ का दिन निधन भएको छ ।

यो घटनाबाट आफुहरु स्तब्ध भएको एनआरएनए डेनमार्कले बताएको छ ।

"दु:खको यस क्षणमा मृतआत्मा को चीर शान्तिको कामना सहित हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।" अध्यक्ष शैलु अधिकारीले भने ।

एनआरएनए डेनमार्कले परिवारको अनुरोधमा स्व. सुविन्द्र खत्रीको शब नेपाल लैजाने संबन्धि कार्यमा सबै संघसंस्था तथा डेनमार्कबासी नेपालीहरुसंग सहकार्य गर्दै प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।

संबंधित कम्पनीलाई सूचना गरि हष्पिटल, पुलिस, नेपाली राजदूतबासबाट काग़ज़ात संकलन भईरहेको अध्यक्ष अधिकारीले बताए । 
"आर्थिक संकलनका लागि डेनिस आधिकारिक निकायसंग अनुमतिका लागि निवेदन दिईएको र आज बेलुकीसम्म सबै नेपाली समाज डेनमार्कका सबै संघसस्था तथा ब्यक्तिहरुको सहकार्यमा आर्थिक संकलनको आव्हान गर्दै सकेसम्म छिटो शब नेपाल लगिनेछ।" उनले भने ।

images
प्रकाशित मिति :आषाढ १५, २०८० शुक्रवार - ०२:५७:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend