Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए स्पेनको कोस्टाब्लान्का क्षेत्रमा सुरेश बज्राचार्यको अध्यक्षताम सर्वसम्मत समिती

एनआरएनए स्पेनको कोस्टाब्लान्का क्षेत्रमा सुरेश बज्राचार्यको अध्यक्षताम सर्वसम्मत समिती

नेप्लिज डायस्पोरा

१५, आषाढ २०८०
images
एनआरएनए स्पेनको कोस्टाब्लान्का क्षेत्रमा सुरेश बज्राचार्यको अध्यक्षताम सर्वसम्मत समिती

गैर आवासीय नेपाली संघ, स्पेन क्षेत्रीय समिती कोस्टाब्लान्काको दोस्रो क्षेत्रीय अधिवेशनले सुरेश बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ ।

बिहिवार बेनिर्डममा सम्पन्न अधिवेशनमा निर्वाचन समितीका संयोजक सुरेन्द्र भुजेल थापाले नयाँ कार्यकाल२०२३–२५ को लागि निर्विरोध निर्वाचित नयाँ कार्यसमितीको घोषणा गर्दै प्रमाण पत्र वितरण गर्नु भयो ।

नव निर्वाचित कार्यसमितीका उपाध्यक्षहरुमा केशर बहादुर थापा र वीर बहादुर खत्री हुनुहुन्छ । 

66491D9F-FFE1-409B-8E05-536A7BA5B22A.jpeg
निर्विरोध टिम

यसैगरी सचिव रोजिना श्रेष्ठ, कोषाध्यक्ष सुवास ओली र सहसचिवमा सरोजकेसी रहनु भएको छ । यस्तै महिला संयोजकमा बिजया थापा र यूवा संयोजकमा विशाल केसी चुनिनु भएको छ ।

 सदस्यहरुमा सैलेश बज्राचार्य, शिव नेपाल, कमल कडेल, सुनयना श्रेष्ठ र कल्पना भुजेल थापा रहनु भएको छ ।

यस्तै अधिवेशनले आफ्नो क्षेत्रको तर्फबाट एनसीसी सदस्यमा रितेश श्रेष्ठ र क्षेत्रीय सचिवमा सन्तोष अर्याललाई सिफारिस गरेको छ । कार्यक्रममा एनआरएन कोष्टाब्लान्काका निवर्तमान अध्यक्ष देवराज सापकोटाले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवाद दिदै नवनिर्वाचित कार्यसमितीलाई सफल कार्यकालको शुभकामना भएको थियो ।

(स्रोत: स्पेननेपाल डटकम। सम्पादक।) 

images
प्रकाशित मिति :आषाढ १५, २०८० शुक्रवार - १७:४८:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend