Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको निधन

एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको निधन

नेप्लिज डायस्पोरा

२२, आषाढ २०८०
images
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको निधन

पाल्पा — नेकपा (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल)को शुक्रबार बेलुकी निधन भएको छ । 

५२ वर्षीय पाण्डे केही दिन दिनदेखि आफ्नै घर बगनासकाली गाउँपालिका-१, चिर्तुङधारा पिप्लेमा बस्दै आएका थिए । पाण्डेको हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको बताईएको छ ।

घरमा छाती दुख्यो भनेर जानकारी दिएपछि लुम्बिनी मेडिकल कलेज लैजाने क्रममा बाटोमै बेहोस भएको र अस्पतालमा ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको पार्टी श्रोतले बताएको छ ।

पाण्डेयको दुई छोरा र श्रीमती छन् । तीन भाइमध्ये माइला छोराको डेढ वर्षअघि हृदयघातबाटै मृत्यु भएको थियो । पाण्डेय एकीकृत समाजवादी गठन हुनुपूर्व एमाले उपसचिव थिए ।

images
प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - २२:०५:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend