तिम्रो कारण दिलमा खासखुस हुँदैन।
मलाई म जिउँदै छु भन्ने महसुस हुँदैन।
~~
मदन मुनाको पीरै पीरले मरेको थियो,,
हरेक धोकेबाजको अगाडि पुरूष हुँदैन।
~~
आन्दोलन छ आर्यघाटमा मुर्दाहरूको,,
हिजोआज पुतली सडकमा जुलुस हुँदैन।
~~
खतरा हुन्छ स्तर भन्दा माथिको चाहना
गगन छुन खोज्ने प्रयास नगर्नुस हुँदैन।
~~
मेरो याद आउदैन भन्यौ तिमी मूर्ख हौ,,
आगो त्यहाँ पनि लाग्छ जहाँ भुस हुँदैन।
✍️जून