Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

साउथ क्यारोलिनाको म्यर्टल बीच घुम्दै गर्दा : लक्ष्मण ज्ञवाली

साउथ क्यारोलिनाको म्यर्टल बीच घुम्दै गर्दा : लक्ष्मण ज्ञवाली

नेप्लिज डायस्पोरा

२६, आषाढ २०८०
images
साउथ क्यारोलिनाको म्यर्टल बीच घुम्दै गर्दा : लक्ष्मण ज्ञवाली

अमेरिकाको साउथ क्यारोलिना स्थित Myrtle Beach जसलाई सेतो बालुवा भएको समुद्री किनार पनि भनिन्छ । लगभग ६० माईल लंबाई भएको र किनारमा ठुला ठुला होटल, अपार्टमेंट र भरपूर आनन्द दिने मनोरंजन संग संबन्धित बजारहरु जोडिएका, भ्याकेसनमा जानेहरुको लागि प्रसिद्ध मानिने यो समुद्री किनारमा लगभग १९ मिलियन पर्यटकको यहाँ बार्षिक यात्रा चल्दो रहेछ ।

152FFBAF-FD01-4A4B-8682-A0ADF58C7692.jpeg
परिवारका साथमा लेखक

यो. Myrtle Beach बाट १५० माईलको दुरिमा साऊथ क्यारोलिना राज्य कै सबै भन्दा ठुलो चार्लसटन शहर पर्दों रहेछ ।

सफा ,चिटिक्क सिंगारिएका पर्यटकीय ऐतिहासिक भवनहरु , वाटर फ़्रण्ट पार्कहरु, म्युजियमहरु साथै सडकको दुबैतिर Palmetto tree ले चिनिने रुखहरु जसका कारणले नै साउथ क्यारोलिना राज्यलाई Palmetto State पनि भनिदो रहेछ । साथै त्यहाँको झण्डामा पनि यो रुखको चिन्ह समावेस गरिएको छ ।

चार्लसटन शहरको अलिकति बाहिर ५०० बर्ष पुरानो “The Angel Oak “ नामले चिनिने एउटा पुरानो रुख रहेछ । यो रुखले पनि पर्यटकको लागि आकर्षणको केन्द्र बन्दो रहेछ ।

8040C325-85C7-407A-9347-E97172FF3149.jpeg
लेखक

अर्को अनौठो लाग्ने कुरा चार्लसटन हार्बर संग जोडिएको सानो आईसल्याण्ड जाहाँ २००० एकड ज़मीनमा लगभग ३००० को संख्यामा बाँदरहरु मात्रै बस्ने कलोनि रहेछ । तर त्यहाँ जानको लागि बैज्ञानिक वा रिसर्चर बाहेक अरुलाई जाने अनुमति छैन ।

ती बाँदरहरु बिशेष गरेर मेडिकल टेष्टको लागि प्रयोग गरिने रहेछन । यहि उद्येश्यको लागि नै यिनिहरुको संरक्षण गरिएको रहेछ ।

33BC5D05-76D0-413D-9B91-2B4246D00A44.jpeg

धेरै कुरा हरुको ईतिहास बोकेको यो चार्लसटन शहरमा कुनै समयमा चार्लसटन हार्बर हुदै अफ़्रीकन दासहरुलाई ल्याएर यहि बाटै अन्यत्र बिक्री गरिन्थ्यो । यो शहर अमेरिका कै Capital of slave trade बनेको थियो ।

पछि मात्रै यिनिहरुलाई कृषि एवं रोड निर्माण कार्यमा प्रयोग गरियो । भनिन्छ लगभग ४ मिलियन दासहरु साउथ क्यारोलिनामा बस्ने गर्थे ।

शहर घुम्नको लागि बस भन्दा पनि एवं घोडाबाट चल्ने साधनले रमाईलो बनाउदो रहेछ ।

272BEC82-1C47-45A3-954D-02A4BC28DFAC.jpeg
undefined

गर्मी तापक्रमले चिनिने साउथ क्यारोलिनाले आरु उत्पादनको लागि छिमेकि जर्जीयालाई उछिनेको रहेछ ।
यहि प्रसिद्ध ठुलो चार्लसटन शहर बाट नै पछि कोलम्बियामा राजधानी सरेको रहेछ ।

पहिलो पटकको यात्राको यो अत्यन्त रमाईलो ठाँउमा, ३ रात Myrtle Beach संगै जोडिएको एपार्टमेण्टमा बसेको पत्तै भएन ।

136FA94A-6552-40CC-87E3-E355ED0822E0.jpeg
undefined

images
प्रकाशित मिति :आषाढ २६, २०८० मंगलवार - २०:२३:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend