हङकङ,गैरआवासीय नेपाली संघ(एनआरएनए) हङकङको अध्यक्षमा गोकर्ण प्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । आगामी कार्यकालका अध्यक्ष पदमा ढकालको मात्र एकल उम्मेदवारी परेको निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
ढकाल यसअघि पनि सहमतिमै अध्यक्ष बनेका हुन ।
अध्यक्षसहित सवै पदमा दोहोरो उम्मेदवारी नपरेछि सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको हो ।
कार्यसमितीको उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ चयन भएका छन।
महासचिवको जिम्मेवारी डिल्लीराम विश्कर्माले पाएका छन भने सचिवमा मनोज सूर्यवंशी चुनिएका छन।
त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भएका छन ।ईन्दर पुर्जा पुनलाई युवा संयोजकमा निर्वाचित भएका छन भने महिला संयोजकमा कविता गुरुङ निर्विरोध भएकी छन ।
यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्नाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएकाछन ।
एनआरएनए हङकङको अधिवेशन २३ जुलाइमा हुँदैछ । अधिवेसनका लागी सम्पुर्ण तयारी सकिएको अध्यक्ष ढकालले बताए । दोस्रो कार्यकाल पनि निर्विरोध अध्यक्ष बनाएकोमा ढकालले समस्त हङकङवासी नेपालीलाई धन्यवाद दिएका छन ।