Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

म कुनै गुटमा छैन त्यसैले मेरो नैतिक जीत भईसक्यो -त्रिभुवन पाण्डे

म कुनै गुटमा छैन त्यसैले मेरो नैतिक जीत भईसक्यो -त्रिभुवन पाण्डे

नेप्लिज डायस्पोरा

३, श्रावण २०८०
images
म कुनै गुटमा छैन त्यसैले मेरो नैतिक जीत भईसक्यो -त्रिभुवन पाण्डे

त्रिभुवन पाण्डे एनआरएनए अमेरिकाको लागि परिचित नाम हो ।
सन् २०१७ मा विद्यार्थीका रुपमा अमेरिका आएका पाण्डेले एनआरएनए अमेरिकामा धेरै मेहेनत र पसिना बगाएका छन् ।


एनआरएनए अमेरिकाको बर्तमान कार्य समितीमा युथ कोअर्डिनेटर रहेका त्रिभुवन पाण्डे आगामी कार्यकालका लागि युथ भिपी अर्थात यूवा उपाध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा छन् ।


स्टुडेन्ड टास्कफोर्सको चेयर हुदा उनले अमेरिकाका ३० बटा कलेज र युनिभर्सिटीहरुमा स्टुडेन्ट एम्बासडर नियुक्त गरेर एनआरएनएलाई युवाहरुसंग जोडेका थिए । साथै पाण्डेले यिनै एम्बासडरहरुसंगको सहकार्यमा कोरोना महमारीका बेला अमेरिकाका विभिन्न ठांउमा अप्ठेरोमा परेका यूवा विद्यार्थीहरुलाई सहयोग पनि गरेका थिए ।

“स्टुडेन्ड टास्कफोर्सको चेयर हुदा मैले गरेको कामको मूल्यांकन गरेर मलाई युथ कोअर्डिनेटर बनाउनु भयो । अब युथ भिपीमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको छु ।” त्रिभूवन पाण्डे भन्छन ।

“हुन त उनले यो पद निर्विरोध पाउनु पर्ने थियो तर चुनावी रस्साकस्सीमा यो सम्भव भएन । तर हामी उनलाई चुनावबाट भारी मतका साथ विजयी बनाएर पठाउंछौं ।” पाण्डेका एक मतदाताको विश्वास हो यो ।

पाण्डे दाईहरुको आदेश मान्ने कार्यकर्ता भाई भने होईनन् । बरु उनी दाईहरुलाई रचनात्मक सुझाब दिईरहेका एक यूवा हस्ति हुन् ।

एनआरएनए अमेरिकाले विभिन्न समयमा गरेका धेरै कामहरुलाई त्रिभूवन पाण्डेले होस्टेमा हैसे गरेका छन् । पद पाएर काम नगर्नेहरुको भीडमा पदले सुम्पेको भन्दा बढि जिम्मेवारी बहन गर्ने व्यक्ति हुन पाण्डे ।

अमेरिकामा रहेका धेरै यूवाहरुलाई एनआरएनएको मुभमेन्टमा ल्याउने श्रेय त्रिभुवन पाण्डेलाई नै जान्छ । एनआरएनएले गरेका सबै राम्रा कामहरुमा उनको ईनपुट सधै महत्वपूर्ण र कामयावी रह्यो ।


यिनै होनहार युवालाई एनआरएनए अमेरिकाको यूवा उपाध्यक्ष (युथ भीपी) मा अत्यधिक मतका साथ विजयी बनाउनु एनआरएनए अमेरिकाका सबै सदस्यहरु कर्तव्य र जिम्मेवारी पनि हो ।

तपाई दुबै गुटमा पर्नु भएन । चुनाव कसरी जित्नुहुन्छ? भन्ने नेप्लिज डायस्पोराको प्रश्नमा पाण्डेले भने, "दुबै गुटमा नहुनु नै मेरो जीत हो ।" उनले थपे, "मेरो नैतिक जीत भईसकेको छ । बांकी अमेरिकाका मतदाताको हातमा छ ।"

 

images
प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - १८:४७:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend