Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

महिला सशक्तिकरणको एजेन्डा सहित एनआरएनए महिला उपाध्यक्षमा सुनिता कँडेलको उमद्वारी

महिला सशक्तिकरणको एजेन्डा सहित एनआरएनए महिला उपाध्यक्षमा सुनिता कँडेलको उमद्वारी

नेप्लिज डायस्पोरा

४, श्रावण २०८०
images
महिला सशक्तिकरणको एजेन्डा सहित एनआरएनए महिला उपाध्यक्षमा सुनिता कँडेलको उमद्वारी
  • सुरेश कोईराला

बाल्टिमोर। गैरआबासीय नेपाली संघ गैर आवसीय नेपालीहरुको संस्था एनआरएनए–एनसीसी अमेरिकाको महिला उपाध्यक्षमा सुनिता कँडेलले उमेदवारी दिनु भएको छ । हाल एनआरएनए–एनसीसी अमेरिकाको महिला सचिव समेत रहनु भएकी कँडेले आगामी कार्यकाल (२०२३–२०२५) का लागि महिला उपाध्यक्ष पद उमेदवारी दिनु भएको हो ।

विगत ९ वर्षयता निरन्तर रूपमा संस्थाको कृयाशिल सदस्यको रुपमा कार्यरल कँडेल हाल महिला सचिव समेत भएर काम गरेको अनुभव, उपलब्धिहरु र संस्था भित्र रहेका कमि कमजोरीहरुको नजिकबाट गरेको अध्ययनको आधारमा संस्थालाईलाई थप उचाईमा पुर्याउन अझै आफ्नो योगदानको जरुरी भएको हुँदा आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा उमेदवारी दिएको बताउँनु हुन्छ ।

‘मैले अझैँ योगदान दिन जरुरि छ भनेर प्रतिस्पर्धामा उत्रिएको हुँ, महिला सचिवको रुपमा कार्यरत हुँदा प्राथमिकतामा महिलाहरुको मुद्धा, युवा र महिला सशक्तिकरण नै थियो भने अब महिला उपाध्यक्षमा निर्वाचित भएमा पनि महिला र युवाहरुको मुद्धालाई नै प्राथमिकतामा राखेर संस्थामा काम गर्नेछु,’ उहाँले भन्नुभयो, ‘सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेको उल्लेख गर्दै आफुलाई विजयी बनाउन सबैमा सहयोगको अपिल गरेको छु ।’

एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै आउनु भएकी कँडेलले एनआरएन एनसीसीकोतर्फबाट महिला उपाध्यक्ष भएमा महिलाहरूमाथि हुने हिंसा महिला का issue मा धेरै काम, महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढीभन्दा बढि सहभागी हुन उत्प्रेरित गराउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता गर्नु भएको छ ।

महिला सक्षमता प्रदर्शन गर्न र महिला पनि नेतृत्वका लागि तयार छन् भन्ने देखाउन पनि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ। संस्थामा महिलाहरुको गौरवपूर्ण सहभागिता र उपस्थितिको खाँचो प्रस्ट्याउँदै उहाँले संस्थामा जुनियर एनआरएन, महिला र युवाहरुको सक्रिय सहभागितामा बिशेष ध्यान दिइने बताउनु भयो । नेपालमा भरतपुरको स्थायी बासिँदा रहेकी कँडेल विगत ९ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएको हो । उहाँले नेपालमै हुँदा २ वर्ष विजय एफएम नवलपरासीमा प्रविधिकको रुपमा काम गरिसक्नु भएको छ । अमेरिकामा आएपछि उहाँले एनडब्लुजीएनको संस्थापक सदस्यको रुपमा काम गर्नु भएको थियो ।

images
प्रकाशित मिति :श्रावण ४, २०८० बिहिवार - ०२:३६:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend