५ साउन, पाल्पा ।
मञ्जुश्री साहित्यिक समाजको ६९ औं काव्यगोष्ठी संस्थाका अध्यक्ष डा.बमबहादुर थापा जितालीको अध्यक्षतामा तथा साहित्यकार गङ्गा लिगलको प्रमुख आतिथ्यता तथा साहित्यकार कवि दुष्यन्त भट्टराई तथा दर्गा अधिकारी भमरकोटे विशिष्ट अतिथि रहनु भएको भर्चुअल माध्यमबाट चलेको कार्यक्रम आज साउन ५ गते सम्पन्न भएको छ ।
कार्यक्रम साँझ ५ बजेदेखि आरम्भ भएर ७ बजे सम्पन्न चलेको थियो । वीरबहादुर लोहनीले सञ्चालन गर्नुभएको कार्यक्रममा बालकृष्ण सुवेदी, उर्मिला पन्त, गङ्गा लिगल, गणेश आत्रेय, दुष्यन्त भट्टराई, दुर्गा अधिकारी भँमरकोटे, टेकबहादुर लौडारी, उत्तम भेटवाल, आरती आरोही, सुधा बाँसकोटा ढकाल र खोलाघरे साहिंलो आदि साहित्यकारहरूको काव्यमय प्रस्तुति रहेको थियो ।
प्रमुख अतिथी साहित्यकार गङ्गा लिगलले कार्यक्रमको परिचर्चा गर्नु भएको थियो । समापनमा कार्यक्रमका अध्यक्षले शार्दूलविक्रीडित छन्दको व्यङ्ग्यधर्मी कविता प्रस्तुत गर्दै स्तरीय कार्यक्रम हुन सकेकोमा सबैलाई धन्यवाद दिनुभएको थियोे ।