अमेरिकी बैज्ञानिक डा फ्रिट्जोफ काप्राले ( Fritjoff Capra) एउटा सामयिक पुस्तक लेखेका छन- “ The Tao of physics “ २३ भाषामा प्रकाशित यो पुस्तक अमेरिकामा बढि बिक्रि हुने मध्यमा पर्छ । यस्को भूमिकामा उनले भनेकाछन २० सौ शताब्दीपछि आधुनिक भौतिक बिज्ञानले बैज्ञानिकहरु सामु २ वटा बिपरित मार्ग खोलिदिएका छन जस मध्ये एउटालाई अंगाल्नु अनिवार्य छ त्यो हो “ बुद्ध या बम “।
यसको आशय हो आगामि बिश्व या त बमको धुलोमा बिलाउने छ या बुद्ध पुरुषको बुद्धभूमि बन्ने छ । मान्छेसंग तेस्रो बिकल्प छैन । ध्वंस रोज्ने कि शान्ती रोज्ने ।
यि बैज्ञानिक काप्राले पूर्वीय दर्शन त्यसमा पनि बिशेष गरेर हिन्दू,बुद्ध र ताओ दर्शनको बारेमा गहिरो अध्ययन गरेका छन। र हिन्दू बुद्ध दर्शनको त्यो आध्यात्मिक ज्योति संग आधुनिक भौतिक बिज्ञान त्यसमा पनि सापेक्षाबादको सिद्धांत रक्वान्टम फ़िज़िक्सलाई जोडेर केहि असमानताका बाबजुद धेरै मन छुने समानताहरुमा ठोक्किन पुगेको बताएका छन ।
यि बैज्ञानिक काप्राले लेखेका छन बिज्ञानलाई मिस्टिसिजम चाहिदैन र मिस्टिसिजमलाई बिज्ञान चाहिदैन तर मानिसलाई दुबै चाहिन्छ ।
“ Science doesn’t need mysticism & mysticism doesn’t need science .But man needs both “
यि बैज्ञानिकको भनाईले पनि यो प्रष्ट संकेत दिन्छ कि अब बैज्ञानिकहरु पनि आत्म समिक्षा गर्दै छन र बुद्धत्वको मार्गमा जोडिदै छन । आईनस्टाईनले पनि यस्तै संकेत गरेका थिए । र अहिलेको आबश्यक्ता पनि यहि नै हो ।
बैज्ञानिक काप्राले भनेका छन फरक के छ भने बिज्ञानले सबै कुरा प्रयोगशालामा प्रमाणित गरेर देखाउन सक्छ तर बुद्धत्व भनेको के गर्दै छौ वा के गरिरहेका छौ भन्ने कुरा होईन र प्रमाणित गरेर देखाउन पनि सकिदैन । यो गर्ने (doing) भन्दा पनित अफैमा हुने (being) कुरा हो ।
संक्षिप्तमा बिज्ञान भनेको भौतिक वा प्रकृतिको ज्ञान हो भने बुद्धत्व आत्मा (soul) को ज्ञान हो र भित्र ठिक नभै गरेको कामले बाहिर सफलता दिदैन भन्ने नै हो ।
आर्का माहान बैज्ञानिक आईनस्टाईनले पनि बुद्धलाई निकै नजिक बाट हेरेका थिए ।उनले भनेका थिए “ आजको युगमा बिज्ञानसंग नजिक कुनै धर्म छ भने त्यो बुद्ध धर्म हुन सक् ।
न्यूटन (बैज्ञानिक) र बुद्ध :
बैज्ञानिकहरु नै प्रश्न उठाउने गर्छन - बोधी बृक्ष मुनी बसेका बुद्ध र स्याउको रुख मुनी बसेका न्यूटनमा के फरक छ ? , न्युटनले पनि प्रकृतिको भित्री रहस्य संसारलाई बताएर बुद्धत्वको प्रमाण दिएका छन तर न्यूटन किन बुद्ध हुन सकेनन ? यस्ता सवाल जवाफ पनि यदाकदा हुने गर्छन ।
यहाँ दुबैले रहस्य पत्ता लगाउन प्रयोग गरेको अवचेतन मन (subconscious mind ) एउटै हो तर त्यसको प्रयोग दुईफरक क्षेत्रमा भएको हो । न्यूटनको चेतनाको प्रयोग भौतिक जगत वा पदार्थमा वा प्रकृतिमा थियो भने बुद्धको स्वयं आफैभित्र । यहाँ कुरा कर्मको होईन । भित्र जुन ब्यक्ति छ, चेतना छ, आत्मा छ - कर्म त्यसैको परिणाम हो । बुझ्नु पर्ने कुरा यहि नै हो । र बुद्ध त्यसैको परिणाम हुन ।
बाहिरि संसार जित्दैमा केहि हुने भए विश्व बिजेता अलेक्ज़ेंडर द ग्रेटले अन्तिममा किन पश्चाताप गरे ? सम्राट अशोक युद्ध जितेर पनि किन हार स्वीकार गरे। ? र किन भिक्षु बने ? ब्रमाण्डकै रहस्य खोतल्ने बैज्ञानिकहरु किन चिन्तित छन ? हिरोशिमा नागासाकीको घटना पछि स्वयं बम बनाउने बैज्ञानिक ओपन हाईमर किन चिन्तित बने ? साथै आईनस्टाईनले किन आँसु खसाले ?
त्यसैले पहिला स्वयं आफै माथि बिजय प्राप्त नगरी सुरु गरेको यात्रा अर्थहीन हुन्छ भन्ने कुरा बुद्धले सबैलाई बुझाए ।यहि कारण बुद्ध मात्रै बुद्ध भए ।
मान्छेको रोग केहो ? र यो रोग काहाँ छ ? वा दुख भनेको केहो र यो काहाँ छ ? यसको कारण केछ ? र उपचार के छ ? बुद्धले यि सबैको बिश्लेषण गरी संसारमा दुखको जड भनेको मान्छे आफै हो भन्ने निष्कर्ष सहित संसारलाई उपचारको एउटा शास्त्र दिए ।
दुखसाथ भन्नु पर्छ , बैज्ञानिकहरुले चन्द्रलोक, सुर्यलोक लगायत ब्रमाण्ड कै रहस्य खोतलि सके तर आफ्नै आफु भित्रको रहस्य बारे बेखबर छन ।
यि सबै पदार्थका अदभूत रहस्यहरुको आबिष्कार गर्ने बैज्ञानिकहरु आफ्नै अबचेतन मनको बारेमा अध्ययन अनुसंधान गर्न आबश्यक ठानेनन । बरु बम बनाएर राजनीतिज्ञको हातमा थमाई दिए र आफै चिन्तित भएर बसे । तर समय बलवान हुन्छ। समयले नै बैज्ञानिक हरुलाई पनि बुद्धत्व वा अध्यात्म तिर झुकाउदै छ ।
महर्षिलाई पनि बम कै चिन्ता :
संयोग नै भनौ , यिनै बैज्ञानिक फ्रिटजोफ काप्रासंग मेल खाने गरी हजारौ बर्ष पहिले महर्षि पुनर्वसुले बम (दैवीय वा मानवीय) कै कारणले संसारै सकिने एउटा कालजयी भबिष्यबाणी गरेका थिए । यो कुरा चरक ग्रन्थमा उल्लेख गरिएको छ ।
आफ्नो आयुर्वेद संबंधी पबित्र शास्त्र चरक ग्रन्थ लेखन कार्य समाप्त गरिसकेपछि महर्षि पुनर्वसु कतै जंगलको यात्रामा निस्केका थिए । साथमा चेला अग्निभेष पनि संगै थिए । हिड्दै गर्दा महर्षि अचानक टक्क रोकिए चारैतिर हेरे, आकासतर्फ टाउको फर्काए र लामो सुस्केरा हाल्दै यस्तो एउटा डर लाग्दो कालजयी भबिष्यवाणी गरे ।
“पानी प्रयोग बिहिन अवस्थामा प्रदुर्षित हुनेछ, पृथ्वी, वायुमण्डलीय हावा, ताराहरु, सुर्य, चन्द्र आदि सबैमा ह्रास आउने छ, अन्न र अनाजहरुको साथै घाँस पात र जडिबुटिहरुले दिने क्षमता घट्ने छ , उल्का, पुछ्रेतारा आदि र अन्य आकाशीय पिण्हरु पृथ्बीमा खस्ने छन, बिनासकारी भूकम्प र आँधिवेरी उठ्ने छ, शक्तिशाली बमहरु खस्ने छन, संपूर्ण बिनास लिला निम्तिने छ । मानिस सुरक्षित हुने छैन र कोहि पनि बच्ने छैन “
“ I am viewing the future- water is putrefying. Earth ,atmospheric air , stars,firmament, sun and moon are all deteriorating. Foodgrains will lose the capacity of imparting strength.Herbs will lose their effective power. Meteorites and other disintegrated heavenly bodies will fall on earth. Destructive earthquakes and storms will arise.Powerful bombs will fall-man will not be saved-he will not survive “
यसको कारण बारे सोध्दा महर्षिको जबाफ थियो Derangement,or perversion of human mind “
यसलाई चरक ग्रन्थले भन्छ - प्रज्ञापराधो मूलं सर्बरोगाणाम्
गीतामा कृष्ण भन्छन- बुद्धिनाशत्प्रणश्यति ।
जब मानिसले आफ्नो सत्य र धर्मको बाटो छोड्छ तब उसको मन बुद्धि बिकृत हुन पुग्छ । जब बुद्धि बिकृत हुन्छ तबअज्ञानता र भ्रम उत्पन्न हुन्छ र जे जस्तो कार्य गर्न पनि तयार हुन्छ । त्यसपछि सर्ब बिनास हुन्छ गराउछ । जाहाँ कारण हुन्छ त्यहां परिणाम पनि अबश्य देखा पर्छ ।
यसरी महर्षि पुनर्वसुले गरेको भबिष्यवाणी र बैज्ञानिक काप्राले “बुद्ध या बम “ भनेर उठाएको प्रसंग र अहिलेको बिश्वको अबस्था त्यसमा पनि उस्तै समयको लागि के यो संयोग मात्र हुन सक्ला र ?
बुद्धको आबश्यक्ता बढनुका कारण
आजको बिश्व, निर्माण र शान्ती तर्फ भन्दा बिनास र ध्वंसतिर उन्मुख देखिन्छ ।अत्याधुनिक आणविक हतियारहरु थुपार्नेहोड नै चलेको छ । अब मात्र एउटा बटन दबाए पुग्छ । It’s only a matter of touch and go !
कसैले भन्न सक्दैन कुन ठाँउबाट कुन राजनीति नामको बिउ बिष्फोटको कारण बन्ने हो । र कुन पागलपनले सृष्टि नै ध्वस्त हुने हो ।
आज मानिस आफैले बनाएको हतियारहरुसंग आफै त्रसित छ । यसबाट मुक्त हुन पनि चाहन्छ ।कुनै पनि समयमा घटनसक्ने यो माहा बिनासकारी दुर्घटना बाट कसरी जोगिने भन्ने कुरामा आज प्रत्येक स्टेटसम्यान, फिलोसफर, बुद्धिजीवी र नेताहरु चिन्तित छन ।
प्रत्येक सरकार, प्रत्येक शक्ति -ब्लकहरु मुखले भन्ने गर्छन हामी शान्ती चाहान्छौ “We want peace “ तर गर्छनअ र्कै ।
यि राष्ट्रहरु एकातिर आणविक हातहतियारहरु नष्ट गर्ने,उत्पादन परिक्षण बन्द गर्ने जस्ता संझौतामा पटक पटक हस्ताक्षरपनि गर्छन तर अर्कोतिर यसको ठिक बिपरित हिरोशिमा र नागासाकीमा प्रयोग भएका भन्दा ३८०० गुना खतरनाक RDS 220 जस्ता बमहरु उत्पादन र संचय गर्ने होडबाजि मै तल्लीन देखिन्छन ।
यो डबल स्टाण्डर्ड र पाखण्डीपन शीबाय के हुन सक्ला र । शान्तीका लागि स्थापना भएका यू एन जस्ता संस्था पनि निरीह भएका छन ।
के भन्छन र के गर्छन What they profess and what they practice सबै जगजाहेर नै छ । बिडम्बना जति जतिशान्तीको कुरा गर्छन त्यति त्यति डर त्रासको कालो बादल नजिकै देखा पर्दे जान्छ । मुखबाट बुद्धको उच्चारण गरेता पनि यिनिहरु बमका कारख़ाना हुन ।
यसको मुख्य कारण नै भ्रष्ट मानसिकता, अहंकार, बेईमान र एक अर्काप्रतिको अबिश्वास नै हुनुपर्छ ।
अब अन्तिम बिकल्प एउटै छ कि खरानि हुने कि बुद्धमा जोडिने । बुद्धत्वमा त्यो तागत र शक्ति छ जसले रत्नाकरजस्तो डाका ऋषिको सत्तामा पुग्छन, अंगुलिमाला जस्ता खुंखार डाँका पनि बुद्ध बन्छन । लाखौ मान्छेलाई युद्धमा मारेर रगतको होलि खेल्ने राजा पनि भिक्षु बन्न पुग्छन
त्यस्तै म संसार कै “द ग्रेट हुँ भन्ने अलेक्ज़ेंडर द ग्रेट जस्ताले पनि अन्तिममा आफ्नो परीचय बदल्न पुग्छन । त्यसैले अबकोअ न्तिम बिकल्प भनेको बुद्ध नै हुन र शान्ती नै हो ।
बुद्ध कै नाम उच्चारण गर्नुको कारण:
अरु बिद्वान पंडितहरुले जस्तो बुद्धले मन्दिर मुर्ति, बेद उपनिषद, आत्मा परमात्मा आदिको उच्चारण सम्म पनि गरेनन ।बुद्धको संबन्धमा एच जि वेल्सले भनेका थिए “ यस पृथ्वीमा उनी जस्ता ईश्वरीय ब्यक्ति तथा उनी जस्ता ईश्वर बिरोधि ब्यक्ति एकै साथ पाउन कठिन छ “ । किनभने उनी ईश्वरको संबन्धमा एक शब्द पनि बोलेनन ।
यसको अर्थ उनि नास्तिक पनि थिएनन । जुन सत्य हो ब्रह्मा हो जसको न सुरु छ नअन्त्य छ र सिमा नै छैन त्यस्ता कुराहरुको उच्चारण नै नगर्न उचित संझे ।
बुद्धलाई थाहा थियो आफैलाई नबुझि संसार बुझिदैन ।त्यसैले उनले आफ्नै शरीर भित्रको रहस्यलाई ब्यबहारिक अभ्यासद्वारा अनुभव गर्न र बुझ्न भने । आफु भित्रको भावना ,स्वभाब र प्रबृत्तिलाई महसुस गर्न भने ।
बुद्धको यात्रा कुनै पदयात्रा थिएन बरु आफै भित्र र आफै सम्म पुग्ने यात्रा थियो ।त्यसैले छिटै मान्छेको मन जित्न सफलभए ।
बुद्धको समयमा ठुला बिद्वानहरु , चिन्तकहरु जस्तै कि जैन तीर्थंकर महावीर, प्रबुद्ध कात्यायन, संजय बेलट्टिपुत्त, अजित केशकंबल आदि निकै ठुला चिन्तक, बिचारकहरु थिए तर यिनिहरुले सबैले सुनेको र दोहोर्याउदै आईरहेको उपनिषद कैभाषा बोले । बुद्धले जस्तो ब्यबहारिक अभ्यास गराएनन । शब्द मात्रै दोहोर्याए ।त्यसले त्यति प्रभाव पार्न सकेनन ।
योग बेदान्त, दर्शन,ध्यान आदि सबै बिषयहरुको ज्ञान त्यति बेला नै उपलब्ध थियो तर यि सबै ब्यबहारिक अभ्यासमा नभएर दिमागी तहमा मात्रै थियो । त्यसैले यिनिहरुमा बुद्धको जस्तो प्रभाव पर्न सकेन ।
अर्को कुरा बुद्धले सर्बसाधारण सबैले महसुस गर्ने दुखको कुरा गरे । राजा देखि रंक सम्म, अरबपति देखि खागपतिसम्म सबैलाई दुख छ । दुखको प्रकृति मात्र फरक होला तर दुख छ । बुद्धले भने दुख छ ,दुखको कारण पनि छ यसको निबारणपनि छ र यसको पथ पनि छ । म सबै बताउन सक्छु । यसरी बुद्धले रोग पत्ता लगाएर उपचारको प्रेसक्रिप्शन पनि दिएकाछन । त्यसैले बुद्ध अरु भन्दा फरक भए ।
अनौठो कुरा। बुद्धले बुद्धत्व बारे प्रशिक्षण लिन आउने संसारका राजा,रजौटा, ब्यापारी ,उद्योगपति,बुद्धिजीवी,आदिसबैलाई गेरुवा बस्त्र धारण गर्न लगाएर हातमा रित्तो भाडो थमाएर घर घरमा माग्न पठाए । यसरी माग्न पठाउनुको कारण थियो उनिहरुको मनलाई खाली र खोक्रो बनाउनु अर्थात् ‘म’ ‘मेरो’ भन्ने अहंकारलाई शुन्यमा बदल्नको लागि बुद्धले माग्न पठाएका थिए ।
संपन्न मान्छे माग्न कसरी जाने ? सुरुमा अक्क बक्क र शर्मिन्दा पनि भए । बुद्धले भने तिमी संझ म कोहि पनि होईन , म सबैजना जस्तै एकै हुँ, यो विशाल ब्रह्माण्डमा म आफैमा कोहि पनि होईन भन्ने सिद्धांतलाई ब्यबहारिक अभ्यास गराएर बुझाउनको लागि बुद्धले उनिहरुलाई माग्न पठाएका थिए । यसरी ब्यबहारिक अभ्यास द्वारा मान्छेलाई रुपान्तरण गरे ।
बुद्धले रोग पत्ता लगाएका छन । मान्छेलाई दुख छ । राजा देखि रंक सम्म, अरबपति देखि खागपति सम्म सबैलाई दुख छ। दुखको प्रकृति मात्र फरक होला तर दुख छ । दुखको कारण पनि बताएका छन त्यो हो ईच्छा,कामना (Desire) वाआशक्ति । यसबाट बाहिर निष्कने उपाय छ पथ छ । त्यो हो उचित अभ्यास,उचित ध्यान..आदि आठ सुत्रीय पथ ।
यसरी ब्यबहारिक तरिकाले मानिसलाई रुपान्तरण गराउन सक्ने क्षमता बुद्ध संग भएकाले नै बुद्ध कै नाम लिएको हुनु पर्छ ।
अन्तमा , ऋषि महर्षि र बैज्ञानिकको चिन्ता दुरुस्त प्रमाणित गर्ने गरी देखिन थालेको माहामारी, दैबिप्रकोप, भुकंप, आकाशीय पिण्डहरुमा देखिएको परिवर्तन , लाखौ बर्षको रेकर्ड तोडने गरी तापक्रममा बृद्धि, नेताहरुमा देखिएको हिटलरीशैलि र राजनीति आदि कुराहरुको चरमोत्कर्षले प्रमाणित गर्दै छ कि २१ सौ शताब्दीले यो भोग्नै पर्छ ।
त्यसैले, हामी सबैले “म” “मेरो” वा “ म आफु कोहि हुँ “ भन्ने जस्तो अहंकारबाट म आफु कोहि पनि होईन ( I am nobody ) भन्ने सोचमा जानु र अझ अन्तमा म कोहिपनि होईन भन्नेबाट “ म सबै जस्तै हुँ “ ( I am everybody ) अर्थात् तिमी हामी सबै एउटै हौ भन्ने भाब उत्पन्न हुनु नै बुद्धत्व हो र यहि मार्ग नै बुद्धको मार्ग हो । साथै अगाडि देखा पर्ने सबै प्रकारका बमहरुलाई पंछाएर अघि बढने एउटै बाटो पनि यहि हो ।
Conclusion: “ म संसारलाई ध्वस्त पार्ने काल हुँ “ I am become the death and destroyer of the world. भन्ने एटम बमका पिता रोबर्ट ओपन हाईमरलाई रोज्ने कि “अप्प दीपो भव “ भन्ने बुद्धलाई रोज्ने आपको जो मर्ज़ी !
हाल बाल्टिमोर
यू एस ए