Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

ए ! एनआरएनए हांक्छु भन्ने नेताहरु हो - निराजन गैरे

ए ! एनआरएनए हांक्छु भन्ने नेताहरु हो - निराजन गैरे

नेप्लिज डायस्पोरा

११, श्रावण २०८०
images
ए ! एनआरएनए हांक्छु भन्ने नेताहरु हो  - निराजन गैरे

एकछिन सोच्नुस त, एनआरएनए हांक्छु भन्ने हाम्रा नेताहरु कस्ता छन?  उनीहरु कस्तो हुनुपर्ने हो र कस्ता छन् ? समग्रमा मेरो संगत र जानकारीका आधारमा अधिकांश नेताहरु यस्ता छन्ः 

१. कतिपय त एनआरएनएको फुलफर्म पनि थाहा नभएजस्ता
२. कतिपय आइसीसीका उम्मेदवारहरु आइसीसीकै फुलर्फम पनि याद नभए जस्ता
३. कतिपय त एनआरएनए अभियानको इतिहास, बिधी-बिधान र गन्तब्य बारे पूरै अनभिज्ञ जस्ता
४. कतिपयको आफै बसेको देशको बारेमा पनि पटक्कै ठेगान नभएजस्ता
५. कतिपय राम्रोसंग आफै बसेको देश नबुझेका जस्ता
६. कतिपय कम्तीमा पनि आफ्नो खुट्टामा दह्रोसंग उभिन बाँकी भएजस्ता
७. कतिपय बुझेर भन्दा नबुझेर लहैलहैमा लागेर हाम्फाल्न आईपुगेका जस्ता

ए! एनआरएनए हांक्छु भन्ने नेताहरु हो ! तपाईहरुले बेलैमा यसो गरे कसो होला ?


१. कुनै पनि देशको एनआरएन एनसीसीले त्यहाँ रहेका कुल नेपालीहरुको संख्याको कम्तिमा पनि २५ प्रतिशत साधारण सदस्य बनाउनैपर्ने त्यसो गर्न नसके एनसीसी खारेज गरौं । त्यसो नगरेसम्म यी हल्लाखोरहरुले लोकप्रिय काम पटक्कै नगर्ने भए, हल्ला गरेरै कार्यकाल गुजार्ने क्रम निरन्तर चलिरहने भयो ।


२. कुनै पनि पदमा उम्मेदवारी दिनका लागि उसको न्युनतम योग्यताको आधारभुत मापदण्ड राखौं । जसमा भिसा, भाषा, रोजगारी र आर्थिक दृष्टिले आफ्नै खुट्टामा दह्रोसंग उभिएको हुनुपर्ने उल्लेख गरौं, नत्र १ वर्षको भिसा बोकेको छ २ बर्षे कार्यकालको उपल्ला पदहरुमा उम्मेदवारी ठोकेको छ । आफ्नो हैसियत, औकात, क्षमता, अनुभव र शैक्षिक योग्यता खुलेको प्रोफाईल अनिवार्य सार्बजनिक गर्ने नियम राखौं । वास्तवमा पियन हुने योग्यता छैन तांइ न तुंइका तोरीलाहुरेहरुले उपल्ला पोष्टमा उम्मेदवारी हालेर आफ्नो बिज्ञापन गर्ने अवसर दिने प्लेटफर्म एनारानलाई नबनाऔं ।


३. अगुवाहरु लठुवा भएपछि कहिं कतै केही नियम, शर्त, आचारसंहिता भन्ने कतै सुनिदैंन । समाजलाई सिष्टममा बसाल्ने नियमले हो । नियम नभएपछि जसको दिमाखमा जे सनक चढ्छ त्यहि लिडेढिपी गर्ने हो । थिति बसाउने ठाउँमा लठुवाहरु पुगेकोले बेथिति बढाउने काम भईरहेको छ, यसका लागि मान्छेको क्वालिटी मेन्टेन गर्नैपर्छ ।


४. एनआरएनमा हाइप्रोफाइलका प्रोफेशनलहरु किन आउँदैनन्, आफ्नो नाम पनि शुद्धसंग लेख्न नजान्ने, २ लाइन नेपाली लेख्दा ध्वस्तै पारेर लेख्नेहरु मात्र त्यहाँ किन जम्मा हुन्छन् ? जवाफ प्रष्ट छ, लेभल र क्वालिटीका मान्छे जाने वातावरण नै छैन । लठुवाहरुले यो गाँठी कुरो बुझेकै छैनन् । आफुलाई के थाहा छैन भन्ने नै थाहा नभएकाहरुसंग काम गर्न लेभल पनि मिल्नुपर्‍यो नि । यो समस्या निराकरण गर्न त्यहि लेभलको मान्छेहरु जाने वातावरण निर्माण गरौं । त्यसका लागि वौद्धिक बहस गरौं ।


५. गफ दिने बेलामा चर्को चर्को स्वरमा एनआरएनलाई स्मार्ट बनाउने भन्छन् नीतिमा, ब्यवहारमा थाङ्ने मान्छेहरुको भर्तीकेन्द्र बनाउँछन् अनि कहांबाट हुन्छ स्मार्ट ?

६. संसारभरि जहाँसुकै हाइ क्वालिटीका मान्छेको खाँचो र खोजी छ, तर यहाँ जो भए पनि हुने, जस्तो भएपनि हुने भन्ने त हुँदैन होला नि ? जिम्मेवार ठाउँमा बसेर जिम्मेवार हैसियत निर्वाह गर्नका लागि त कम्तिमा पनि देश, काल, समय, परिस्थिति र आधारभुत बिषयवस्तुबारे ज्ञान भएको र आफ्नो खुट्टा राम्रोसंग जमिनमा टेकिसकेको त हुनुपर्‍यो नि ?

७. त्यसकारण, सकिन्छ भने राम्रो बनाऔं, सकिदैन भने भंग गरौं । कुनै पनि संस्था हुँदाखेरी र नहुँदाखेरी केही फरक पर्दैन भने त्यसको अर्थ खासै आवश्यकता छैन भन्ने हो । नहुँदा पनि आकाश खस्ने र धर्ती भासिने त पक्कै छैन र थिएन पनि ।

 

images
प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - २०:२९:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend