Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल ✍️ नारायण खनाल 'भावुक'

गजल ✍️ नारायण खनाल 'भावुक'

नेप्लिज डायस्पोरा

२४, श्रावण २०८०
images
गजल  ✍️ नारायण खनाल 'भावुक'

समय बन्दकी छ पैसामा
खै के जिन्दगी छ पैसामा ? ।१।

ऊ आदेश दिन्छ ,म गर्छु
इमानको गन्दकी छ पैसामा ।२।

कहाँ तौलिन्छ र सर्टिफिकेटहरू ?
खाली सन्दुकी छ पैसामा ।३।

छिमेकी बाँड्छ , पश्चिमा सपनाहरू
नघट्ने खुल्दुली छ पैसामा ।४।

खै अख्तियार बालापन र जवानीको ?
बाँकी बुढ्यौली छ पैसामा ।५।

- मध्यबिन्दु ~ ७, चोरमारा, नवलपुर।

images
प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - ०७:५३:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend