२०८० साउन २७, पाल्पा ।
साधना साहित्य मञ्चद्वारा आयोजना गरिएको सोही संस्थाका संस्थापक तथा अध्यक्ष एवम् कुशल स्रष्टा गणेश खड्का (असन्तुष्ट जलन) द्वारा लिखित पहिलो एकल कृति जलन' को लोकार्पण यही साउन २७ गते सर्वनाम थिएटर हलमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
उक्त समारोहको सभापतित्वमा संस्थाकी उपाध्यक्ष अजिता दाहाल `क्रान्ति´ प्रमुख अतिथि वरिष्ठ कवि, मदन पुरस्कार विजेता, सम्माननीय व्यक्तित्व डा. नवराज लम्साल, विशिष्ट अतिथिहरूमा महाकाव्यकार तथा दर्जनौं सफल कृतिकार सम्माननीय व्यक्तित्व चन्द्रप्रसाद न्यौपानेज्यू, वरिष्ठ कवि अर्जुनकुमार न्यौपाने `गोगने´ज्यू, अग्रज मुक्तककार रुद्र अधिकारीज्यू, कवि वीरेन्द्र नेपालज्यू रहनुभएको थियो ।
गजलकार आँचल कुमार शर्माको सञ्चालनमा चलेको कार्यक्रममा कृति प्रकाशनमा अहम् भूमिका खेलेका प्रकाश समीरज्यू, नेपाल गजल प्रतिष्ठानका सचिव अन्जान यात्रीज्यू ,नोबेल साहित्य संस्थाका संस्थापक राजनप्रसाद न्यौपानेज्यू, मधुवन गोधूलीको साथीका संस्थापक अध्यक्ष गणेश बाबु अधिकारीज्यू, वरिष्ठ कवि तोयानाथ सुवेदीज्यू,वरिष्ठ कवि गायत्री चापागाईंज्यू, कवि नारायण प्रसाद निरौलाज्यू ,अतिथिको रुपमा उपस्थित रहनुभएको थियो ।
गजल अभियन्ता सङ्गीता थापाज्यू, गजलका नक्षत्र वसन्त ओली वसन्तीज्यू, स्रष्टा पवन कार्की, स्रष्टा सुशीला श्रेष्ठ , स्रष्टा एम पि पाण्डे लगायत विभिन्न साहित्यिक व्यक्तित्वज्यूहरू, मिडियाका साथीहरू पत्रकार मित्रहरूको आतिथ्यले उक्त प्रेक्षालय खचाखच थियो ।
समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथिज्यूहरूबाट `जलन´ कृतिको विमोचन गरिएको थियो । कृतिको साहित्यकार तथा समीक्षक रुद्र अधिकारीज्यूले समीक्षा गर्नुभएको थियो । विशिष्ट अतिथि चन्द्रप्रसाद न्यौपानेज्यू र विशिष्ट अतिथि अर्जुनकुमार न्यौपानेज्यूले कृतिमा केन्द्रित रहेर कृतिकारलाई सुझाव,हौसला र मार्गनिर्देश गर्दै आ आफ्ना महत्त्वपूर्ण मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने कृतिकारको सम्मानस्वरूप कृतिभित्रबाट दीक्षा भण्डारी,गणेश बाबु अधिकारी,पवन कार्की, रिता दाहाल, वसन्त ओली वसन्तीज्यूहरू वाचक रहेर मुक्तक वाचन गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथिहरूलाई कदर-पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । `जलन´ लोकार्पण समारोहमा उपस्थिति जनाउनु हुने वरिष्ठ साहित्यकारज्यूहरू लगायत उपस्थित सम्पूर्ण साहित्यिक व्यक्तित्व तथा सञ्चार सहयात्री, प्रायोजकहरू, प्रकाशक, पुस्तकको आवरणकारज्यू लगायत सम्पूर्णप्रति कृतिकारले हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ।