Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सन्दिपबिना एशिया कपमा नेपाल !

सन्दिपबिना एशिया कपमा नेपाल !

नेप्लिज डायस्पोरा

७, भाद्र २०८०
images
सन्दिपबिना एशिया कपमा नेपाल !

रोशनबहादुर सिंह

अमेरिका

नेपाली क्रिकेट टिम आसन्न एशिया कपका लागि पाकिस्तान पुगिसकेको छ । समुह चरणमा नै भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका हस्ती टिमसँग खेल्ने तयारीमा रहेको नेपालका मुख्य हतियार मानिने सन्दिप लामिछाने बिना नै प्रतियोगिता खेल्नका लागि पुगेको छ । सन्दिपले एशिया कप खेल्न पाउछन्, पाउदैनन् भन्ने ठूलो चासो नेपाली क्रिकेट समर्थकका लागि छ । नाबालिका बलात्कारको आरोप लागेका सन्दिपको अन्तिम सुनुवाई हुन बाँकी रहेको छ भने काठमार्डौ जिल्ला अदालतमा उनको मुद्दा अझै बिचाराधिन नै छ । यदि यहि अवस्थामा रहेको खण्डमा उनी एशिया कपका लागि जाने सम्भावना निकै न्युन रहेको छ ।

नेपाली क्रिकेट टिमका गेम चेन्जर बलरका रुपमा सन्दिप रहँदै आएका छन । उनी टिममा नहुँदा र हुँदाको प्रदर्शन निकै फरक हुने गरेको छ । पछिल्लो पटक नेपालले अन्तराष्ट्रिय क्रिकेटमा जतिपनि सफलता हात पारेको छ, त्यसमा सन्दिपको भूमीका निकै ठूलो छ । विश्वका ठूला फ्रेन्चाइजी लिग खेलेको अनुभव र विश्व क्रिकेटमा समेत राम्रो छाप बनाएका सन्दिपकै कारण पनि नेपाली क्रिकेटलाई चिन्ने धेरै देश रहेका छन ।

अघिल्लो महिना मात्र क्यानडामा भएको ग्लोबल टी २० लिगमा उत्कृष्ठ प्रदर्शृन गरेर ११ विकेट लिएका सन्दिप एशिया कपमा हुने नहुने भन्ने अन्योलका कारणपनि टिम भित्र केहि निराशा भने पक्कै भएको छ । त्यसो त सन्दिप नभएपछि टिमले राम्रो प्रदर्शन गर्ने भनाई कप्तान रोहित पौडेलले पाकिस्तान उड्न अगाडी बोलेका थिए । तर नतिजाका हिसाबले हेर्ने हो भने नेपालले सन्दिप नभएको ८० प्रतिशत खेलहरु हारेको छ । रोहितको कप्तानीमा पनि नेपालले खेलका पाँच खेलमा सन्दिप  थिएनन् । त्यसमा चार खेल नेपालले हारेको छ । एक खेलमा मात्र जित निकालेको छ ।

अगष्ट ३० मा पाकिस्तानसँग मुल्तानमा खेल्ने नेपाली टिममा युवा खेलाडीको बाहुल्यता छ भने पाकिस्तान टिम विश्व चर्चित खेलाडीले भरिएको छ । यस्तैमा नेपाली टिममा तिब्र गतिका बलरहरुको प्रभाव खासै राम्रो देखिएको छैन ।पाकिस्तानमा घरेलु टिमसँग नेपालले खेल्दा विश्व भर छरिएर रहेका नेपाली क्रिकेट समर्थकका लागि ठूलो उत्साह नै हो । यतिमात्र होइन, यदि सो खेलमा नेपालले राम्रो खेलेको खण्डमा त्यो नेपालका लागि जित सरह नै हनेछ । बलिङमा पनि नेपाली ब्याटरका लागि नसिम शा, साहिन अफ्रिदीको बल खेल्नुपनि आफैमा ठूलो चुनौती हो । तर पाकिस्तानी टिमलाई मानसिक रुपमा केहि दबाव दिनसक्ने मुख्य हतियार नै नहुँदा पक्कै पनि केहि दबाब नेपाली टिमलाई हुनेछ ।

अब सन्दिपको सुनुवाई आइतबार हुने भनिएको छ । तर सो दिन फैसला कस्तो हुने हो भन्ने एकिन छैन । यद फैसला उनको पक्षमा आएको खण्डमा उनी अर्को दिन नै पाकिस्तान जान सक्नेछन । यदि उनको बिपक्षमा आएको खण्डमा त्यो सन्दिपका लागि मात्र होइन, उनका समर्थकका लागि पनि कहालीलाग्दो क्षण हुनेछ ।

सन्दिपबिना टिम पाकिस्तान पुगेको चर्चा अहिले सर्वत्र छ । भारतीय सञ्चारमाध्यमहरुले पनि सन्दिपको मुद्दालाई नजिकबाट पछ्याइरहेको छ । पहिलो पटक एशिया कप खेल्न लागेको नेपाली क्रिकेट टिम भारत र पाकिस्तानसामु गर्विलो प्रदर्शन गर्न सकोस भन्ने चाहना समर्थकको रहेको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - १६:५८:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend