पाल्पा २०८० भदौ ८
मञ्जुश्री साहित्य समाजको ६३ अौं शृङ्खला मिति यही यही भदौ ०८ भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । कार्यक्रम डा. बमबहादुुर थापा जितालीको अध्यक्षता र लक्ष्मीप्रसाद मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख आमन्त्रित तथा टिप्पणीकारका रुपमा वरिष्ठ साहित्यकार खोलाघरे साहिंलो हुनुहुन्थ्यो । कार्यक्रममा सूुर्यकुुमार पण्डितको कविता" अरुन्धती" (शार्दूुलविक्रीडित) टेकबहादुर लौडारी-" उधारो " (उपजातिमा छन्दमा), आरती आरोही-दशा हो कि दशैें" (सवाई छन्दमा), गणेेश आत्रेयको " पहरा र छहरा" (आर्या छन्दमा), उत्तम भेटवालको " पुुग्दैन किन्तुु धनले जति होस् कमाइ" (समस्यापूुर्ति वसन्ततिलकामा), हरिप्रसाद चम्लागाईंको " मान्छे " (मणिमध्य छन्दमा), दुुष्यन्त भट्टराई " कालसँग सम्वाद" (भुजङ्गप्रयातमा), गङ्गा लिगलको जीवन सुन्दर फूल हो..र हेर यो देशको माटो..." टाढा भएर के भो" देशप्रेम मूुुलभावको मुक्तक, .पूर्णदेवी न्यौपानेको " रहेन आफ्नै घरको मझेरी " (उपजातिमा), दुर्गा अधिकारी भँमरकोटेको लोकलयमा " मेरो नमन... घूुस खाने सरकार !", बीरबहादुुर लोहनीको-" समुुन्नति गर्दछौं " (लोकलयमा), चन्द्रावती अधिकारीले ३ वटा मुक्तकहरू, उर्मिला पन्त पाण्डेको लोकलयमा सानासाना हातले कलम समाउँछौं (बालकविता), जनार्दन अधिकारी धड्कनको-१ खोरिया तीजको भाकामा र " बित््यो जिन्दगी आशमा अल्झिएर" सम्यापूुर्ति- भुजङ्गप्रयातमा), लक्ष्मीप्रसाद मिश्रको हरिहरि...सिंहदर्वार,बालुवाटार ,घण्टीको कुुरा (हास्यव्यंग्य भजन),खोलाघरे साहिंलोका पाँचवटा सुसेली, डा. बमबहादुुर जितालीको मन्तव्य सहित कविता "सनातनी सँस्कृतिमा एकताको विशेषता" शार्दूलविक्रीडितमा कविता सुनाएर साँझ ५ बजे सभा विसर्जन गर्नु भएको थियो ।