रोशनबहादुर सिंह
अमेरिका
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले महिला विश्वकप फुटबल विजेता टोलीकी सदस्यलाई गरिएको चुम्बनका कारण स्पेन फुटबल संघका अध्यक्ष लुई रुबियालेसलाई बर्खास्त गरेको छ ।
विश्व विजेता टोलीकी जेनी हर्मोसोलाई चुम्बन गरेको विषयमा चौतर्फी आलोचना भएपछि फिफाले अध्यक्ष रुबियालेसलाई अस्थायीरुपमा निलम्बन गरेको हो । फिफा विश्वकपको उपाधि जितेपछि पुरस्कार वितरण समारोहमा रुबियालेसले त्यस्तो गतिविधि गरेपछि सुरुमा ९० दिनको प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
फिफाले उनलाई गरेको कारबाहीको विषयमा युईएफए र रोयल स्पेनिस फुटबल फेडेरेसनलाई पनि जानकारी गराएको छ । ९० दिन पछाडि थप के गर्ने निर्णय गर्ने भन्ने बारेमा फिफाले पछि निर्णय गर्ने जनाइएको छ ।
यसअघि उनले पदबाट राजीनामा दिन अस्वीकार गरेका थिए । अध्यक्षले सहमतिमै उक्त कुरा भएको बताए पनि विश्व विजेता खेलाडी जेनिफर हर्मोसोले आफ्नो सहमतिमा केही नभएको बताएकी छन् । ती महिला खेलाडीले यहि बिषयमा आफ्नो सामाजिक सञ्जालमा दुःख व्यक्त गरेकी छन् ।
के भएको थियो त ?
अष्ट्रेलियाको सिड्नीमा भएको पहिलो पटक महिला फिफा विश्वकप फुटबलको उपाधि फिफा स्पेनले जितेको हो । यसपछि सबै खेलाडीलाई पदक दिइँदै थियो र जेनिफर हर्मोसो पदक लिएर फर्किंदै गर्दा बाटोमा उभिएर रोयल स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले जबरजस्ती किस गरेका थिए । यसबारे हर्मोसोले भनेकी थिइन्, ‘आफूलाई यो मन परेन, तर के गर्न सकिन्छ ।
महासंघको शुक्रबारको साधारणसभामा बोल्दै उनले ‘अन्तसम्म लड्ने’ बताएका थिए । उनले महिला खेलाडीलाई जे गरे त्यो उनीहरुको व्यक्तिगत मामिला भएको र नक्कली नारीवादको आडमा उनीहरुमाथि आरोप लगाइएको बताएका थिए । करिब ३० मिनेटको सम्बोधनमा उनले आफूले राजीनामा नदिने पटकपटक भनेका थिए ।