विश्वमा हरेक मानिसको दैनिकी निकै भागदौडमा बितिरहेको छ । जसका कारण उनीहरुलाई शारिरीक र मानसिक दबाब दुबै देखिने क्रम बढ्न थालेको छ । मानिसलाई शारिरीक रुपमा थकान भएपनि मानसिक रुपमा थकान हुँदा त्यसलाई कम गर्नका लागि बिभिन्न उपायहरु अपनाउने गर्छन । तर ती उपायहरु कति राम्रो हुन्छन भने कति नराम्रो । मेन्टल हेल्थ पछिल्लो पटक मानिसका लागि ठूलो चुनौतीका रुपमा देखिन थालेको छ । यो कुनै किसिमको रोग भने होइन, तर यसले मानिसको दैनिकीमा ठूलो असर गर्ने गरेको छ ।
पछिल्लो पटक एक अध्ययनले मानिसहरु राम्रो निद्रा पाउनका लागि औषधीको प्रयोग गर्नेक्रम बढेको देखाएको छ । त्यसमा पनि केहि मानिसले यो औषधीलाई अत्याधिक धेरै प्रयोग गर्ने गरेको बताइएको छ ।
अमेरिकामा यो औषधिको प्रयोग गर्नेहरुमा धेरै युवाहरु रहेको सो अध्ययनले देखाएको सिएनएनले जनाएको छ । सो अध्ययनका अनुसार सन् २०१८ सम्म अमेरिकीहरुले निद्राको औषधी प्रयोग गर्नेको अनुपात एक दशक भन्दा अगाडीको तुलनामा दोब्बरले बढेको देखाएको छ ।
अध्ययनले निद्राको औषधी प्रयोग गर्नेहरु सन् १९९९ ५१ दशमलव ९ प्रतिशत थिए भने २०१८ मा पुग्दा ८४ प्रतिशत पुगेको देखाएको छ । जसमा २० बर्षको आसपासका युवाहरु धेरै रहेको देखाएको छ । यो अध्ययनका लागि हावार्ड मेडिकल स्कुलले करिव ४७ हजार युवाहरुमा सर्वे गरेको थियो । जसका अनुसार मेलाटोनिस नामक औषधीको प्रयोग धेरै भएको पाइएको छ । मानिसहरुले यसलाई विभिन्न प्रयोजनका लागि लिएको देखिएको छ । जसमा टाउको दुख्ने, लोसे भएको बेला, पेट दुख्दा, कुनै कुरामा केन्द्रित नहुँदा, डिप्रेसन, कम रक्तचाप लगायतका कुरा भएका बेला मानिसले निद्राको औषधी धेरै लिने गरेको देखाएको छ ।
यस्तै जेट ल्याक तथा ओभरटाइम काम गर्दापनि औषधी प्रयोग गर्ने गरेको देखिएको छ ।
जसमा धेरै जसो युवाहरुले हरेक दिन जस्तो यसको प्रयोग गर्ने गरेको उत्तर दिएका छन । जसका कारण उनीहरुले आरामको निद्रा पाउन सकौ भन्ने उनीहरुको चाहना रहेको बताइएको छ ।
मेलाटोनिनको साइड इफेक्ट
सन् २००६ देखि युवाहरुले पाँच मिलिग्रामको औषधी तत्काल राहत पाउनका लागि लिने गरेको सो अध्ययनमा उल्लेख छ । तर सार्वजनिक रुपमा पाउने गरेको यस्तो औषधीले त्यसमा मात्रा उल्लेख गरेको भन्दा बढि हुनसक्ने अनुमान गरिएको छ । मेलाटोनिनलाई अमेरिकी खाध्य तथा औषधी प्रशासनले खुल्ला गरेको छैन । जसका कारण खुल्ला रुपमा पाउने यस्तो औषधीमा ताकेको अनुसारको मात्रा हुन्छ भन्ने एकिनपनि छैन ।
यसअघि भएको एक अनुसन्धान अनुसार खुल्ला रुपमा पाउने औषधीहरुमा ताकेको भन्दा माइनस ८३ देखि प्लस ४७८ प्रतिशतसम्म मात्रा हुने गरेको देखाएको थियो । यसरी औषधी लिँदा साइड इफेन्ट एकिन भन्न नसकेपनि दिर्घकालिन रुपमा हर्मोनमा र शरिरका बिभिन्न भागमा असर गर्नसक्ने बताइएको छ । जसका कारण मानिसको मांशपेशी खुम्चिने, ज्वरो आउने तथा समयमा उपचार हुन सकेन भने निधन नै हुने संभावना रहन्छ ।
मानिस स्वस्थ रहनका लागि चाहिने निद्रा निकै नै जरुरी हुन्छ । उमेर अनुसार शरिरलाई चाहिने निद्रा नपुगेको खण्डमा मानिसको दिमाग कहिलेपनि फ्र्रेस हुँदैन र मानिसहरुले औषधीको प्रयोग गर्ने गर्छन । यतिमात्र होइन, आवश्यक भन्दा बढि समय मोबाइल, ल्यापटप जस्ता सामाग्रीको प्रयोग गरेको खण्डमा त्यसबाट आउने ब्लु लाइटले मानिसलाई सुस्त बनाउने गरेको बताइएको छ । त्यसमा पनि रातीको समयमा सुत्ने बेला मानिसहरुमा मोबाइल वा ल्यापटप प्रयोग गर्ने चलन धेरै नै छ । त्यसले मानिसलाई निद्रा लगाउनबाट टाढा राख्छ । त्यसैले बिज्ञहरुले सुत्नु भन्दा कम्तिमा एक घण्टा अगाडी यस्ता सामानको प्रयोग गर्न नहुने जोन हप्किन्स विश्वविध्यालय स्कुल अफ मेडिसिनका डाक्टर सेभोलोड पोलोस्कीको भनाई छ ।
सहज रुपमा निद्रा लगाउनका लागि मानिसले सुत्नेबेला दिमागलाई फ्रि राख्नुका साथै सुत्ने कोठाको तापक्रम ६० देखि ६७ डिग्री फरेनहाइट राख्नुपर्ने बिज्ञहरुको भनाई छ ।
तर सबै भन्दा ठूलो कुरा मानिस मानसिक रुपमा दबाब मुक्त हुनुपर्ने नै मुख्य आधार हो । मानिसको दिमागमा दशथरी कुराहरुले दबाब छ भने उसले आरामको निद्रा पाउन सक्दैन । जुन पछिल्लो पटक मानिसको दैनिकीमा भइरहेको छ । जसका कारणपनि निद्रा लगाउने औषधीको प्रयोग बढ्दोक्रममा रहेको देखिएको हो ।
एजेन्सीको सहयोगमा