रोशनबहदुर सिंह
अमेरिका
गायिका त्रिशाला गुरुङले एसिया कपको उद्घाटन समारोहमा प्रस्तुति दिएकी छिन् । उनले प्रस्तुति दिन पाउँदा सम्मानित महसुस गरेको बताएकी छिन् ।
त्रिशालाले फेसबुकमा रातो र चन्द्र सूर्य बोलको गीतसहितको एउटा भिडियो पोस्ट गर्दै लेखेकी छिन्, आज पाकिस्तानको मुल्तान स्टेडियममा टिम नेपाल र सम्पूर्ण नेपाली खेलकुद समुदायका लागि ऐतिहासिक दिन हो । खेलप्रतिको मायालाई सबैले समर्थन गरौँ । यो गीत हाम्रो राष्ट्र र टोलीको लागि प्रस्तुत गर्न पाउँदा धेरै सम्मानित महसुस गरिरहेको छु ।
एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण आजदेखि पाकिस्तानमा सुरु भएको छ। उक्त समारोहमा पाकिस्तानकी गायिका आइमा बेगमको पनि प्रस्तुति गरेकी थिइन् ।