युरोपियन च्याम्पियन्स लिग नया सिजनको ड्र सार्वजनिक गरिएको छ। युरोपका ३२ टिमलाई आठ समूहमा विभाजन गरिएको हो। जसमा एक समुहमा ४-४ टीम रहेका छन् ।
जसमा साविक बिजेता म्यान्चेस्टर सिटी सहज समुहमा परेको छ ।
कुन कुन टीम कुन समुहमा
समूह ए: बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, कोपेनहेगन र गालाटासारे
समूह बी: सेभिया, आर्सनल, पीएसभी, लेन्स
समूह सी: नापोली, रियल म्याड्रिड, ब्रागा, युनियन बर्लिन
समूह डी: बेन्फिका, इन्टर मिलान, आरबी साल्जबर्ग, रियल सोसिडाड
समूह ई: फेयेनुर्ड, एट्लेटिको म्याड्रिड, लाजियो, सेल्टिक
समूह एफ: पीएसजी, बोरुसिया डर्टमण्ड, एसी मिलान, न्युकासल
समूह जी: म्यानचेस्टर सिटी, आरबी लाइपजिग, रेड स्टार बेलग्रेड, यंग ब्वाइज
समूह एच: बार्सिलोना, पोर्टो, शाख्तर डोनेस्क, रोयल आन्थ्रोप
लिगका खेल सेप्टेम्बर १९ देखि सुरु हुनेछन्। समूह चरणका खेल डिसेम्बर १३ मा सकिनेछ भने नकआउट चरण १३ फेब्रुअरीमा सुरु हुनेछन्।फाइनल जुन १ मा लन्डनमा हुनेछ।