Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बागमती प्रदेश क्रिकेटको अध्यक्षमा पारस खड्काको जित

बागमती प्रदेश क्रिकेटको अध्यक्षमा पारस खड्काको जित

नेप्लिज डायस्पोरा

१५, भाद्र २०८०
images
बागमती प्रदेश क्रिकेटको अध्यक्षमा पारस खड्काको जित

रोशनबहीदुर सिंह


पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।


काठमाडौंमा शुक्रबार भएको दोस्रो साधारण सभाले प्रदेश संघको नेतृत्वमा खड्कालाई निर्वाचित गरेको हो ।


अध्यक्षका प्रत्यासी उमेर पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भए । खड्काले २३ मत पाए भने पियाले १४ मत प्राप्त गरेका थिए ।
१३ सदस्यीय कार्यसमितिका लागि शुक्रबार निर्वाचन भएको थियो । कार्यसमितिमा अधिकांश खड्का प्यानलबाट निर्वाचित भएका छन् ।
खड्का यसअघि काठमाडौं जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । उनी काठमाडौं जिल्लाबाट प्रतिनिधि भएर प्रदेश निर्वाचनमा होमिएका थिए ।


पारसलाई बागमती प्रदेशभित्रका काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर सहितका जिल्लालाई खुल्ला रुपमा समर्थन गर्दै नेतृत्वको रुपमा अघि सारेका थिए ।


राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्का क्यानको आसन्न निर्वाचनमा नेतृत्वका आकांक्षी छन् ।

images
प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - २१:५७:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend