Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बहराइनमाथी नेपालको सानदार जित

बहराइनमाथी नेपालको सानदार जित

नेप्लिज डायस्पोरा

१६, भाद्र २०८०
images
बहराइनमाथी नेपालको सानदार जित

रोशनबहादुर सिंह


आइसीसी टी २० महिला विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।


३२ रनको सामान्य लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाएर पूरा गरेको हो । नेपालका लागि कविता कुँवरले १७ तथा सीता रानामगरले २ रनको नटआउट पारि खेल्दा २.५ ओभरमा लक्ष्य पूरा भयो ।
टस जितेर पहिला ब्याटिङ गरेको बहराइनले १५.३ ओभरमा सवै विकेट गुमाएर ३१ रन बनायो । बहराइनका लागि एच जी थरंगा र रासिका रत्नमाली रोड्रिगोल ओपनिङमा आएका थिए ।
बहराइनले १.५ ओभरमा ७ रन बनाएका बेला पहिलो विकेट गुमायो । उसकी रसिका खाता नै नखोली आउट भइन् । उनलाइ पूजा महतोले एलबीडब्ल्यू आउट गरेकी हुन् । लगत्तै अर्की ओपनर एचजी थरंगा आउट भइन् ।
उनलाई पुजा कुँवरले आउट गरिन् । थरंगशालो १४ बल फेस गर्दा ४ रन बनाइन् । टिमको स्कोर ८ रन भएका बेला बहराइनले तेस्रो विकेट गुमाएको थियो । बहराइनकी अविरा अलीले खाता खोल्न असफल भइन् ।
त्यसपछि दिपीका रसंगिका हेराथ र इसाार मधुवन्ती मिलेर पारि अघि बढाउने प्रयास गरेका थिए । तर, ८.३ ओभरमा २३ रन पुगेका बेला कप्तान दिपीका व्यक्तिगत ११ रन बनाएर आउट भइन् ।
उनीनै बहरानइनका लागि सर्वाधिक रन बनाने खेलाडी हुन् । यस्तै पाँचौं विकेटको रुपमा इसारा मधुवन्ती ५ रन बनाएर आउट भइन भने प्रज्ना जग्दीशले खाता नखोल्दा बहराइनले छैटौं विकेट गुमायो ।
सातौं विकेटको रुपमा टिमको स्कोर २५ रन भभएका बेला पभिथिरा निसान्त सेट्टीले १ रन बनाएर पभेलियन फर्किदा आठौं विकेटको रुपमा रुपमा जेनी आसा समलदिनले ५ रन जोड्दै आउट भइन् । उनी आउट हुँदा बहराइनले १२.४ ओभमा ८ विकेट गुमाएर ३१ रन बनाएको थियो ।
नवौं विकेटको रुपमा मनाल मलिक खाता नै नखोली आउट भइन् । उनले १२ बल फेस गरिन् । अन्तिम विकेटको रुपमा सदमाली पभेलियन पर्किइन् । उनले पनि खाता खोल्न सकिनन् ।
नेपालका लागि कविता कुँवरले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै ७ रन खर्चिएर १ विकेट हात पारिन् । यसैगरी पुजा महतोले २ ओभर बलिङ गर्दा ४ रन खर्चिएर १ विकेट हात पार्दा कप्तान रुविना क्षत्रीले ३ ओभरमा ८ रन खर्चिएर १ विकेट लिइन् । नेपालका लागि इन्दू वर्मा सर्वाधिक सफल सावित भइन् ।
उनले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राखेर ५ रन खर्चिदैं ३ विकेट लिइन् । खुसी डंगोलले १.४ ओभर बलिङ गर्दा सबै मेडन राख्दै २ विकेट लिइन् ।

images
प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - ०२:५९:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend