Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

साथी कप क्रिकेटः फार–वेष्टर्न र बाल्टिमोर एथ्लेटिक बाहिर, बोस्टनको दुबै टिमको सेमिफाइनल संभावना बलियो

साथी कप क्रिकेटः फार–वेष्टर्न र बाल्टिमोर एथ्लेटिक बाहिर, बोस्टनको दुबै टिमको सेमिफाइनल संभावना बलियो

रोशनबहादुर सिंह

१७, भाद्र २०८०
images
साथी कप क्रिकेटः फार–वेष्टर्न र बाल्टिमोर एथ्लेटिक बाहिर, बोस्टनको दुबै टिमको सेमिफाइनल संभावना बलियो

मेरिल्याण्डको बाल्टिमोरमा आजबाट सुरु भएको साथी कप क्रिकेट प्रतियोगिताको पहिलो दिनका खेल सकिँदा बोस्टन अल स्टार्सको दुबै टिमले सेमिफाइनलको संभावना कायमै राखेका छन । यस्तै ह्यारिसबर्ग गुर्खाज, हन्टर्स ब्याइजले पनि आफ्नो पहिलो खेलमा जित निकालेका छन । फारवेष्र्टन क्रिकेट क्लब र बाल्टिमोर एथ्लेटिक क्लब भने समुह चरणबाट बाहिरीएका छन ।


हावार्ट काउन्टीको क्रिकेट मैदानमा भएको पहिलो दिनको खेलमा फार वेष्र्टन क्रिकेट क्लब आफ्नो दोस्रो खेलमा हिमालयन किंग्ससँग २५ रनले पराजित भयो । पहिले ब्याटिङ गरेको किंग्सले दिएको एक सय एक रनको लक्ष्य पक्ष्याएको फारवेष्र्टन ७५ रनमा अलआउट भयो । यस्तै अर्को खेलमा फारवेष्र्टन बोस्टन अल स्टार्सको ग्रिन टिमसँग १३ रन हार्न पुग्यो । बोस्टनले दिएाके ७४ रनको लक्ष्य पक्ष्याएको सुदुरपश्चिम ६० रनमा अलआउट भयो ।


यस्तै बाल्टिमोर एथ्लेटिक क्लबले पहिलो खेलमा हन्टर्स ब्याइजसँग पहिलो खेलमा ४७ रनको हार ब्यहोरेको थियो भने मेरिल्याण्ड क्रयाबसँग स्कोर टाई भएपनि एक अंक हासिल गरेको थियो । जसका कारणपनि उसको यात्रा समुह चरणमा नै सकिएको छ ।


आयोजक साथी बाल्टिमोर क्रिकेट क्लब ह्यारिसबर्ग गुर्खाजसँग सात विकेटले पराजित भयो । साथी टिमले दिएको ५८ रनको लक्ष्य ह्यारिसबर्गले तीन विकेट गुमाउँदै पुरा गरेको थियो । यता बोस्टन अल स्टार्सको ब्लु टिमले विनचेस्टर युनाइेटड ब्लुलाई पाँच विकेटले हरायो । ३८ रनको लक्ष्य बोस्टर अल स्टार्स ब्लुले पाँच विकेट गुमाउँदै पुर्याएको थियो ।


पहिलो दिनको खेल सकिँदा अंक तालिकामा समुह ए बाट हन्टर्स ब्याइजको दुई अंक भएको छ भने मेरिल्याण्ड क्रयाबको एक अंक छ । अब क्रयाबलाई सेमिफाइनलमा पुग्न हन्टर्सलाई हराउनुपर्नेछ ।


समुह बी मा ह्यारिसबर्गले एक खेलबाट दुई अंक बनाएको छ । उसले अब एक खेल खेल्न बाँकी रहेको छ । दुई पटकको च्याम्पियन एभरेष्ट लायन्सले आइतबार दुबै खेल खेल्नेछ । आयोजक साथी बाल्टिमोरका लागि पनि सेमिफाइनलको संभावना कठिन बनेको छ । उसलाई सेमिफाइनल पुग्नका लागि चमत्कारिक नतिजा आउनुपर्नेछ ।


समुह सी बाट हिमालयन किंग्स र बोस्टन अल स्टार्स ग्रिनको दुई दुई अंक भएको छ । अब सेमिफाइनलमा यी दुई टिमको विजेता पुग्नेछ । फारवेष्र्टन भने अंकको खाता नखोली प्रतियोगिताबाट बाहिरीएको छ ।
समुह डी मा बोस्टनको ब्लू टिमले दुई अंक बनाएको छ । उसलाई सेमिफाइनलमा पुग्न आफ्नो बाँकी एक खेल जित्नुपर्नेछ । यो समुहमा युनाइटेड क्रिकेट टिमले कुनै खेल खेलेको छैन ।


साथी बाल्टिमोरको आयोजनामा तीन दिन चल्ने प्रतियोगिताको हरेक समुहका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन । फाइनल खेल सोमबार हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर पाउनेछ भने उपविजेताले तीन हजार डलर पाउनेछ ।


प्रतियोगिताको मुख्य प्रायोजक अनेस्ट रियल स्टेट र स्टिम बिल्डर्स रहेका छन । गोल्ड स्पोन्सर्समा लुसिड टाइटल रहेको छ ।

images
प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - ०५:५२:१६ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend