Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एसिया कप क्रिकेट- रोहित भर्सेस रोहित, बर्षा बाधक बन्ने सम्भावना

एसिया कप क्रिकेट- रोहित भर्सेस रोहित, बर्षा बाधक बन्ने सम्भावना

रोशनबहादुर सिंह

१८, भाद्र २०८०
images
एसिया कप क्रिकेट- रोहित भर्सेस रोहित, बर्षा बाधक बन्ने सम्भावना

एसिया कप क्रिकेट अन्तर्गत समुहको दोस्रो तथा अन्तिम खेलमा नेपाली टिमले छिमेकी देश भारतसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाल र भारत दुबैका लागि निकै महत्वपुर्ण रहेको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनको भारी अन्तरले पराजित भएको थियो । यता भारत र पाकिस्तानको खेलमा बर्षा बाधक बन्दा अंक बाद्नु परेको थियो । अब भारतलाई पनि सुपर फोरमा पुग्नका लागि नेपाललाई हराउनै पर्ने हुन्छ । जुन त्यति कठिन भने छैन ।

भारतको सिनियर टिमसँग पहिलो पटक खेल्न लागेको नेपाली क्रिकेट टिमका प्रशिक्षण मोन्टी देशाईले पाकिस्तानसँग भारी अन्तरले हारेपनि खेलाडीले ठूलो सिक्ने अवसर पाएको र उनीहरुले त्यो हारबाट धेरै कुरा सिकेको बताएका छन । यस्तै कप्तान रोहितकुमार पौडेलले भारतसँग आफुहरु आत्मविश्वासका साथ खेल्ने धारणा राखेका छन ।
रोहित शर्मा, बिराट कोहली, इशान किशन, शुंभम गिल लगायतका स्टार खेलाडीको भिडभाड रहेको भारतीय टिमविरुद्ध मैदानमा उत्रनु नै नेपाली खेलाडीका लागि गर्वको विषय हो ।

नेपाली टिममा केहि यस्ता खेलाडी छन जो भारतीय टिमका खेलाडीका जबरजस्त फ्यान रहेका छन । आफ्ना आइडल खेलाडीविरुद्ध खेल्नु उनीहरुका लागि गर्व नै हो । अब भारतीय टिमको धारिलो बलिङविरुद्ध नेपाली ब्याट्सम्यान कति समय क्रिजमा टिक्न सक्छन, त्यो मुख्य चासोको बिषय हो ।

भारतविरुद्धको खेलमा नेपाली टिममा केहि खेलाडी परिवर्तन हुन सक्ने देखिएको छ । जसमा एक जना बलर परिवर्तन हुन सक्नेछ । ३५ हजार सिट क्षमताको पालेकेले मैदानमा हुने खेल हेर्न नेपालबाट पनि धेरै समर्थक श्रीलंका पुगेका छन । तर यो खेलमा पनि बर्षा बाधक हुनसक्ने संभावना रहेको छ ।

पालेकेले मैदानमा सोमबार पनि भारी बर्षा देखाएको छ । जसका कारण यो खेलपनि भारत र पाकिस्तानको जस्तै विथोलिने संभावना रहेको छ । भारत र पाकिस्तानबिचको खेलमा पनि बर्षाबाधक बन्दा खेल रद्द भएको थियो । जसका कारण दुबै टिमले अंक बाढेका थिए ।

यो खेलमा पनि बर्षाले खेल पुरा नभएको खण्डमा अंक बाढिनेछ र भारतले सुपर फोरमा स्थान बनाउनेछ ।

 

images
प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - ००:२२:४५ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend