नासाले पठाएका चार जना अन्तरिक्षयात्री ६ महिनाको स्पेस बसाई सकेर फर्किने क्रममा छन । नासाले स्पेस एक्ससँगको सहकार्यमा पठाएका ६ जना मध्ये चार जनाको अन्तरिक्षमा अध्ययनको समय सकिएको हो । जसका कारण उनीहरु फेरी पृथ्वीमा फर्किन लागेका छन ।
पृथ्वीको बायुमण्डलका बारेमा अध्ययन गर्न पठाइएका ती चार जना अन्तरिक्षयात्री सोमबार बिहान फ्लोरिडाको स्पेस स्टेसनमा उत्रने बताइएको छ । फ्लोरिडामा आएको हुरिकेन इडालियाको बिशेष अध्ययन उनीहरुले गरेको नासाले जनाएको छ । पृथ्वीको मौसमका बारेमा अध्ययन गर्न गएका उनीहरु फर्किनका लागि स्पेस क्याप्सुलको प्रयोग गर्नेछन ।
चार जना अन्तरिक्षयात्रीमा दुई जना नासाका बैज्ञानिक छन । यस्तै एक जना युएईका र एक जना रसियाका रहेका छन । गर्त मात्रमा उनीहरुले अध्ययनका लागि नासाले पठाएको थियो । उनीहरुले पृथ्वीको अर्बिटमा रहेर अध्ययन गरेका थिए । उनीहरुले ६ महिनामा दुई सय भन्दा बढि साइन्स र टेक्नोलोजीको प्रोजेक्टको अध्ययन गरेको बताइएको छ ।
यसका साथै उनीहरुले पछि गएका अरु ६ जना अन्तरिक्षयात्रीलाई पनि अध्ययनमा सहयोग गरेका थिए । एजीओम मिसनमा गएका ६ जना अन्तरिक्षयात्रीमा तीन जना पैशा खर्च गरेर गएका थिए भने एक जना नासाका बैज्ञानिक र दुई जना साउदी अरेबियाका बैज्ञानिक थिए । यस्तै एक जना ब्यापारी सो टिममा थिए ।
स्पेक्स एक्सले भविष्यमा नियमित ब्यवसायीक उडान गर्ने योजनाका साथ ब्यक्तिगत रकम तिरेर जाने ती जनालाई पनि एजीओम मिसनमा पठाएको थियो ।
photo-CNN