पाकिस्तान र श्रीलंकामा जारी एसिया कप क्रिकेट अन्र्तगत भारतविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालको ५० रन पूरा भएको छ ।
श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले ९ ओभरमा बिना विकेटको क्षतीमा ५० रन बनाएको हो । नेपालको लागि ओपनर कुशल भुर्तेल र आसिफले राम्रो साझेदारी गरेका छन् ।
कुशल २९ आसिफ २० रनमा खेलिरहेका छन् । यसबिचमा भारतले नेपालको तीन क्याच छोडेको थियो । दुईपटक कुशल र एक आसिफले जीवनदान पाएका थिए ।