Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

नेपालद्वारा भारतसामु २३१ रनको लक्ष्य

नेपालद्वारा भारतसामु २३१ रनको लक्ष्य

रोशनबहादुर सिंह

१८, भाद्र २०८०
images
नेपालद्वारा भारतसामु २३१ रनको लक्ष्य

श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाललेभारतलाई २३१ रनको लक्ष्य  दिएको छ  । 

श्रीलङ्काको पालेकेले क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ४८ दशमलब २ ओभरमा २३० रनमा समेटियो । 

नेपालका लागि आसिफ शेखले ५८ रनको अर्धशतकीय पारी खेले । ९७ बल खलेका उनले ८ चौका प्रहार गरे । योसँगै आसिफ नेपालका लागि भारतकाविरुद्धमा अर्धशतक पूरा गर्ने पहिलो खेलाडी भएका छन् । 

यस्तै नेपालका लागि सोमपाल कामीले ४८ रनको योगदान गरे । सोमपालले ५६ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । नेपालका लागि कुशल भुर्तेलले ३८ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले २९ रन जोडे ।

नेपालका गुलशन झाले २९ रन बनाउँदा भिम सार्कीले ७ रन बनाए । भारतका लागि मोहमद शिराज र रविन्द्र जडेजाले समान तीन तीन विकेट लिए ।

images
प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - २०:०१:५१ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend