Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अर्ना बियरले पहिलो इनिङमै खेलाडीलाई ८ लाख ५० हजार रुपैयाँ दिनुपर्ने

अर्ना बियरले पहिलो इनिङमै खेलाडीलाई ८ लाख ५० हजार रुपैयाँ दिनुपर्ने

रोशनबहादुर सिंह

१८, भाद्र २०८०
images
अर्ना बियरले पहिलो इनिङमै खेलाडीलाई ८ लाख ५० हजार रुपैयाँ दिनुपर्ने

भारतविरुद्धको खेलमा गरेको प्रदर्शनका आधारमा नेपाली टिम र खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गरेको अर्ना बियरले पहिलो इनिङमै ८ लाख ५० हजार रुपैयाँ दिनुपर्ने छ ।

छक्का प्रहार गर्ने खेलाडीलाई प्रति छक्का एक लाख, चौका प्रहार गर्नेलाई प्रति चौका २५ हजार र विकेट लिनेलाई प्रति विकेट एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

भारतविरुद्धको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर १ बलमा २३० रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५८ रनको योगदान गरे । अर्धसतकीय इनिङ खेल्ने क्रममा आसिफले ९७ बल सामना गर्दै ८ चौका प्रहार गरेका थिए । उनले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

२ छक्का र ३ चौका प्रहार गरेका कुशल भुर्तेलले सबैभन्दा धेरै २ लाख ७५ हजार रुपैयाँ पाउने भएका छन् । कुशलले २५ बलमा ३८ रनको योगदान गरेका थिए ।

५६ बलमा ४८ रन बनाएका सोमपाल कामीले पहिलो इनिङको प्रदर्शनका आधारमा २ लाख २५ हजार रुपैयाँ पाउने भएका छन् । उनले दुई छक्का र एक चौका प्रहार गरेका थिए । टीमका ओपनर बलर पनि भएकाले उनले दोस्रो इनिङमा विकेट लिएर पुरस्कार थप गर्न सक्छन् ।

यसैगरी समान ३ चौका प्रहार गरेका गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ऐरीले २५ बलमा तीन चौकासहित २९ रन बनाउँदा गुल्सनले ३५ बलमा २३ रनको योगदान गरेका थिए । अर्नाले भारतमाथि जित हासिल गरे नेपाली टिमलाई ५० लाख रुपैयाँबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

images
प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - २०:२६:२० बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend