नेपाल र भारतबीचको खेल २३ ओभरको हुने भएको छ । वर्षाको कारण दुई घण्टा भन्दा बढी खेल रोकिएपछि अव २३ ओभरको मात्रै खेल हुने भएको छ । भारतले डकवर्थ लेविस पद्धतिको आधारमा २३ ओभरमा १ सय ४५ रनको विजयी लक्ष्य पाएको छ । खेल नेपाली समय अनुसार १० स् ३० मा सुरु हुनेछ।
पावर प्ले ५ ओभरको हुनेछ । नेपालका तीन बलरले मात्रै ५ ओभर बलिङ गर्न पाउनेछन् । यसअघि नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रनमा क्रिजमा छन् । रोहित शर्मा ७ बलमा १ चौकासहित ४ रनमा क्रिजमा छन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८।२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो ।